प्रशासनले ’तातो भात अभियान’ रोकेपछि विवेकशील साझा पार्टीद्वारा भत्र्सना

राष्ट्र न्यूज सम्वाददाता
जेठ ९, २०७८
Tato bhat

पोखरा, ९ जेठ । विवेकशील साझा पार्टीले पोखरामा संचालन गरेको तातो भात अभियान प्रशासनले रोकेपछि पार्टीले त्यसको भत्र्सना गरेको छ ।
गत सोमबारदेखि पार्टीले पोखराको गण्डकी अस्पतालमा भर्ना भएका कोभिडका बिरामी र उनीहरुको कुरुवाहरुको लागि तातो भातको व्यवस्थापन गर्दै आएको थियो ।

प्रशासनले थप संक्रमण फैलन सक्ने कारण देखाउँदै यो अभियान रोक्न दुई पटकसम्म प्रेस विज्ञप्ति जारी गरेको थियो । प्रशासनका ति विज्ञप्तिपछि पार्टीले यो अभियान हाल स्थगित गरेको जनाएको छ ।

यद्यपी पार्टीले आफ्नो अभियानलाई नै लक्षित गरि नियोजित हिसाबले प्रशासनले दुई प्रेस विज्ञप्तिहरु जारी गरेको आरोप लगाएको छ । हामीले सम्पूर्ण स्वास्थ्य मापदण्डलाई मानेर यो अभियान संचालन गरिरहेका थियौ, तर प्रशासनले अनावश्यक अनुदार व्यवहार गरेको हामीले ठानेका छौँ , विवेकशील साझा पार्टी पोखरा महानगरका संयोजक अजय श्रेष्ठले विज्ञप्तिमा भनेका छन्।

तत्काललाई ’तातो भात अभियान’ स्थगित भएपनि कोरोना कहरको बेलामा समस्यामा रहेका सम्पूर्ण जनताहरुलाई आवश्यक सहयोग भने निरन्तर भैरहने पार्टीले जनाएको छ ।

प्रशासनको यो अनुदारपूर्ण निर्णयका बाबजुद चाँडै नै प्रशासनसँग नै समन्वय र संवाद गरि यो अभियानलाई पुनः निरन्तरता दिने नै विज्ञप्तिमा जनाइएको छ ।

साथै पार्टीले हालसम्म यो अभियानलाई साथ दिने सम्पूर्ण दाताहरुलाई धन्यवाद दिँदै हालसम्म भएको खर्च विवरण चाँडै सार्वजनिक गर्ने उल्लेख गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै