पोखरा, ८ जेठ । १५ दिनमा कोरोना नियन्त्रणमा आउने दावि सहित अनुष्ठानको तयारी भएको छ ।
सबै जना १५ दिनसम्म घरभित्र नै बस्ने र अनुष्ठानमा भनिए अनुसार गरे कोरोना महामारी नियन्त्रण हुने दावि गरिएको छ ।
नयाँभेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट मुक्तिका लागि यही जेठ १२ गतेदेखि १५ दिने हिमालयन सिद्ध महायोग अनुष्ठान गर्न लागिएको शनिवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
जगद् गुरु रामानन्दाचार्य सेवा पीठ र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानले गरेको भर्चुअल पत्रकार सम्मेलनमा प्राकृतिक, आयुर्वेदिक र यौगिक प्रक्रियाबाट घरमै बसेर कोरोना हटाउन अनुष्ठान आयोजना गरिएको जानकारी दिइयो ।
कार्यक्रममा महायोगी सिद्धबाबाले साधनाका लागि निःशुल्क प्रशिक्षक प्रशिक्षण दिन लागिएको बताउनुभयो । सात्विक आहार र यौगिक दिनचर्याले एकान्तवासमा रहेर १५ दिन साधना गरेपछि कोरोना जस्ता भाइरसबाट मुक्त भइने उहाँको विश्वास छ ।
पन्ध्र दिनसम्म बिहान पाँच बजेदेखि सात बजेसम्म साधनाको कार्यक्रम राखिएको जनाइएको छ । प्राचीनकालमा वन जङ्गलमा बसी ऋषिमुनिले अध्ययन अनुसन्धानबाट मानव जीवनका लागि उपयुक्त भनी शुरु भएका पद्धतिबाट अहिलेको महामारीको अन्त्य गर्न सकिने महायोगीको भनाइ छ ।
कार्यक्रममा पीठका अध्यक्ष गणेश सुब्बा, प्रतिष्ठानका उपाध्यक्ष विश्वप्रकाश पण्डित, पीठका उपाध्यक्ष गोविन्दबाबु तिवारीलगायतले कोरोनाबाट बच्न प्राकृतिक, आयुर्वेदिक र सात्विक जीवनचर्यामै फर्कनुपर्ने भएकाले पहिलो चरणमा यो कार्यक्रम शुरु गरिएको जानकारी दिनुभयो । यो कार्यक्रमलाई निरन्तरता दिइने पनि सो अवसरमा जानकारी गराइएको थियो ।
Related News
सम्बन्धित समाचार
पोखरा १३ मा सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निशुल्क स्वास्थ्य परीक्षण
अपाङ्गमैत्री कानून निर्माणको मस्यौदा प्रदेश सरकारलाई हस्तान्तरण
पोखरा महानगरपालिका शिक्षा महाशाखाद्वारा तीन सय ९४ विद्यार्थीलाई छात्रवृत्ति
परिवार नियोजन संघको ४३ औं वार्षिक शाखा सभा
स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन गण्डकी सरकार क्रियाशील ः मन्त्री थापा
Archives
Archives