कास्की काँग्रेस विपत्का लागि राहत योजना तय गर्न छलफलमा

राष्ट्र न्यूज सम्वाददाता
जेठ ८, २०७८
congress

पोखरा, ८ जेठ । कोरोना महामारीसँगै अब हुन सक्ने प्राकृतिक विपत्का बेला जनताको साथमा रहने गरी राहतका योजना ल्याउन कास्की काँग्रेसले छलफल जारी राखेको छ ।

छलफलमा विपत्का बेला राहतका योजना ल्याउन सुझाव प्राप्त भैरहेको कास्की काँग्रेसका सभापति कृष्ण केसीले बताउनुभयो । सबै निर्वाचन क्षेत्र, भातृ संस्था र शुभेच्छुकसँगको छलफलपछि कास्की काँग्रेसले ठोस निर्णय लिने उहाँको भनाइ छ ।

शनिवारसम्म कास्कीका तीन वटा प्रदेश निर्वाचन क्षेत्रमा छलफल गरी सुझाव लिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

शनिवार कास्की क्षेत्र नं २(क)मा छलफल गरिएको थियो । छलफलमा नेता शुक्रराज शर्मा, सोभियत बहादुर अधिकारी, क्षेत्रीय सभापति माधव बास्तोला ‘मधु’ लगायतले विपत्काबेला जनतासँग जोडिने गरी कास्की काँग्रेसले ल्याउन खोजेको योजना सकारात्मक भएको बताउनुभयो ।

आइतबार कास्की क्षेत्र नं २(ख)मा छलफल गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै