पोखरा, ६ जेठ। पोखरास्थित नेलम्बो नेपालले रुपा गाउँपालिका र माछापुच्छे« गाउँपालिकाको धम्पुसमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरु प्रदान गरेको छ ।
संस्थाका अध्यक्ष एकदेव देवकोटाले रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र माछापुच्छे«–७, धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङलाई सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसरमा प्रदान गरिएका सामाग्रीको विवरण नेलम्बोका कार्यक्रम संयोजक डा. किसन कोइरालाले प्रस्तुत गर्नुभएको थियो।
रुपा गाउँपालिकालाई पीपीई, फेस शिल्ड, माक्स, सेनिटाइजर, सेनिटाइजर स्टाण्ड, अक्सीमिटर, स्प्रे बोतल, साबुन समेत गरी रु.९४ हजार र धम्पुसमा २२ हजार बराबरका सामाग्री उपलब्ध गराइएको हो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष ओझाले सहयोगप्रति आभार प्रकट गर्दै नेलम्बोसँग सहकार्य गर्दै जाने बताउनुभयो ।उहाँले प्राप्त सामाग्रीको सदुपयोग गरिने विश्वास पनि दिलाउनुभयो।
धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङले महामारीको समयमा अग्रपङ्तिमा खटिनेहरुलाई लक्षित गरी नेलम्बोले सहयोग गर्दै आएको स्पष्ट पार्दै यसको मूल्याङकन वडावासीले गरिरहेको बताउनुभयो।
नेलम्बोका अध्यक्ष देवकोटाले सरकार, संघसंस्था र नागरिक बीचको हातेमालोबाट मात्रै महामारी विरुद्घ लड्न सकिने धारणा राख्नुभयो ।उहाँले गाउँपालिका र वडासँग सहकार्य गर्न संस्था तयार रहेको पनि स्पष्ट पार्नुभयो।
यसैबीच नेलम्बो नेपालले रुपा गाउँपालिकालाई अस्थायी कोभिड अस्पताल संचालन सहजताका लागि रु. ३ लाख सहयोग गर्ने घोषणा पनि गरेको छ ।
जुन रकमबाट अस्पतालमा अक्सीजन पाइपलाइन जडान, अन्य पुर्वाधार निर्माण तथा आवश्यक सामाग्री खरिद गर्न सक्ने सम्झौता पनि भएको छ ।
चार वर्ष अघि स्थापित नेलम्बोले गण्डकी प्रदेशलाई लक्षित गरि शक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आइरहेको छ ।
Related News
सम्बन्धित समाचार
निष्टाको गण्डकी अध्यक्षमा दवाडी
नेपाल प्रेस युनियन कास्कीको पदस्थापन
पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष
नयाँ ‘मिष्टर नेपाल’ को खोजी, पोखरा अडिसन जेठ ६ गते