पोखरा, ५ जेठ । गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तार भएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलेकै मन्त्रीलाई नियुक्त गरेसँगै प्रदेश प्रमुख सीता कुमारी पौडेलले सपथ खुवाउनु भएको छ । मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुखले आज ४ जनालाई सपथ खुवाउनु भएको हो ।
आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसँगै थप ३ मन्त्रीले सपथ ग्रहण गर्नुभएको छ । रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले बिना विभागीय मन्त्रीका रुपमा सपथ खानु भएको छ ।
मन्त्रीमा नियुक्त राजीव गुरुङ (दीपक मनाङे) भने सपथमा सहभागी हुनु भएन । उहाँ काठमाण्डौं भएकाले आउनु भएन ।
वैशाख २६ मा राजीनामा दिनु भएका मुख्यमन्त्री गुरुङ २९ गने पुन नियुक्त हुनु भएको थियो । कोरोनाले आइसोलेसनमै रहेका कारण मन्त्रिमण्डल विस्तारमा ढिलाइ भएको हो । मन्त्रिमण्डल विस्तारसँगै मुख्यमन्त्रीले प्रदेशमा मन्त्रालय थप्ने बताइएको छ ।
सत्ता टिकाउनका लागि सामाजिक विकास मन्त्रालय फुटाएर राजीव गुरुङ (दीपक मनाङे) लाई मन्त्री बनाउनु भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कम्तीमा १० वटा मन्त्रालय बनाउने तयारीमा रहेको बताइएको छ । हाल प्रदेशमा ८ मन्त्रालय छन् ।
Related News
सम्बन्धित समाचार
चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैँ छान्न पाइने
बेनी–तातोपानी सडक कालोपत्र
पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी
हावाहुरीले १४० विद्युत् पोलमा क्षति, विद्युत् सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै पाँच दिन लाग्ने
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय