बुधबार बिहानै गएको भूकम्पले घर भत्काउँदा घाइते हुनुभएकी उमा गुरुङ । भूकम्पले वेशीसहर – ६ चनौटमा रहेको एक घर भत्काएको हो । लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ः४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा लोकविजय अधिकारीले जानकारी दिनुभयो । भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
आयोजक पोखरा महानगरपालिका ह्विलचेयर बास्केटबलको विजेता
काँग्रेस युवा नेता श्रेष्ठको निधन
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने मिति तोकियो
चेम्बर अफ कमर्स गण्डकीले ‘आइडिया बैंक’ स्थापना गर्ने
सर्वाेच्चद्वारा लामिछानेको सांसद पद खारेज