पोखराका विद्यालयमा परीक्षा नहुने

राष्ट्र न्यूज सम्वाददाता
जेठ ४, २०७८
pokhara logo

पोखरा, ४ जेठ । कोरोना महामारीका कारण पोखराका विद्यालयहरुमा शैक्षिक सत्र २०७७ का वार्षिक परीक्षा नहुने भएको छ ।

विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न असम्भव देखिएकाले परीक्षा नहुने भएको हो ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाले मङ्गलबार सूचना प्रकाशित गरी पोखरा महानगरपालिकाका विद्यालयलाई यस पूर्व संचालन गरेका त्रैमासिक, अर्धवार्षिक र आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशित गर्न भनेको छ ।

महाशाखा प्रमुख हेम प्रसाद आचार्यद्वारा जारी सूचनामा शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्ना कार्य असार १ गतेदेखि शुरु गर्न भनिएको छ ।

कक्षा ८ को वार्षिक परीक्षा भने नगर स्तरीय परीक्षा संचालन तथा समन्वय समितिको निर्णय अनुसार हुने सूचनामा उल्लेख छ ।
पोखरा महानगरपालिकाभित्रका कुनै पनि विद्यालयले वार्षिक परीक्षा नलिएको महाशाखा प्रमुख आचार्यको भनाइ छ ।यद्यपी करीब १० देखि १५ प्रतिशत निजी विद्यालयले भने अनलाइनमार्फत् परीक्षा लिइसकेका छन् ।

यस शैक्षिक सत्रमा एसइई, कक्षा ११ र १२ बाहेक करीब एक लाख विद्यार्थीले वार्षिक परीक्षमा सामेल हुँदै थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै