पोखरा, ४ जेठ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको निर्देशकमा डा. भरतबहादुर खत्री नियुक्त हुनुभएको छ ।
प्रतिष्ठानका उपकुलपति डा. डुकबहादुर क्षत्रीले मङ्गबार उहाँलाई निर्देशक नियुक्त गर्नुभएको हो ।
पोखरा महानगरपालिका वडा नं ५ मालेपाटन निवासी वरिष्ठ हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डा. खत्री विगत २८ वर्षदेखि स्वास्थ्य क्षेत्रमा हुनुहुन्छ । उहाँले अस्पतालको सेवालाई चुस्त बनाउन आफ्नो क्रियाशीलता रहने बताउनुभयो ।
आमनागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु आफ्नो मुख्य उद्देश्य रहने उहाँको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने
विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै
शव कुर्दै आफन्त
आँखा शिविरबाट दुई सय २० जना लाभान्वित
११ औं पोखरा महोत्सवको तयारी पूरा