पोखरा, ३ जेठ । कास्की परिवार, दक्षिण कोरिया कास्कीका सरकारी अस्पताललाई पाँच वटासम्म अक्सिजन कन्टेनन्टर (अक्सिजन प्लाट) निर्माणका लागि सहयोग गर्न जुटेको छ ।
संस्थाको आकस्मिक बैंठकले विपत्को समयमा कोरियामा रहेका कस्केलीहरुले आफ्नो मातृभूमिलाई सहयोग गर्नु कर्तव्य सम्झेर सहयोग संकलन अभियान शुरु गर्ने निर्णय गरेको छ ।
संस्थाको सहयोगले अक्सिजनको अभाव न्यूनिकरणमा योगदान पुग्ने अपेक्षा गरिएको छ । संस्थाका अध्यक्ष प्रविण गिरी र सचिव विनोद दाहालले सहयोगका लागि कोरियामा रहेका कस्केलीहरुलाई अनुरोध गर्नुभएको छ ।
यो अभियानमा संस्थाको कोषबाट कम्तिमा १० लाख वन सहयोग गरिने प्रतिवद्वता व्यक्त गरिएको छ ।
Related News
सम्बन्धित समाचार
चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैँ छान्न पाइने
बेनी–तातोपानी सडक कालोपत्र
पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी
हावाहुरीले १४० विद्युत् पोलमा क्षति, विद्युत् सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै पाँच दिन लाग्ने
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय