दुग्ध पदार्थको खपत कम हुँदा दैनिक १० करोड बढीको नोक्सान

रासस
जेठ २, २०७८
milk

काठमाडौँ, २ जेठ (रासस) । दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणलाई ध्यानमा राख्दै देशका विभिन्न स्थानमा लागु गरिएको निषेधाज्ञाका कारण दुग्ध पदार्थको खपतमा कमी आएको छ ।

अन्य समयको तुलनामा निषेधाज्ञासँगै दुग्ध पदार्थको ६० प्रतिशतले कमी आएको व्यवसायीहरू बताउँछन् । नेपाल डेरी एसोसिएसनका अनुसार पछिल्लो समय दुग्ध पदार्थको खपतमा कमी आउँदा दैनिक रु दश करोड बराबरको नोक्सानी भएको छ ।

गत वर्षको बन्दाबन्दीमा रहेको मौज्दात दुग्ध पदार्थको धुलो र बटर हालसम्म बिक्री नभएको र थप निषेधाज्ञाका कारण ठूलो मात्रामा मौज्दात भएको एसोसिएसनका महासचिव प्रल्हाद दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हाल निजी डेरी र दुग्ध विकास संस्थानमा गरेर करिब रु तीन अर्ब बराबरको पाउडर दूध र बटर भण्डारमा थन्किएर बसेको छ । चालु पुँजीको रुपमा रहेको रकम ठूलो मात्रामा सामग्री भण्डारणमा मौज्दात बस्दा धेरै डेरी उद्योगहरू बन्द हुने अवस्थामा पुगेको जनाईएको छ ।

“गत वर्षको बन्दाबन्दी पछि धेरै क्षेत्रलाई सरकारले अनुदान र राहत उपलब्ध गरायो तर दुग्ध क्षेत्रले आजसम्म कुनै पनि राहत तथा सहयोग पाएको छैन । सरकारी सहयोग नहुँदा धेरै व्यवसायी तथा किसानको आकर्षण घट्दो रहेको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार सरकारले हाल उत्पादन क्षेत्रमा आकर्षण बढाउनु पर्नेमा किसान तथा व्यवसायीलाई निरुत्साहन गरेपछि भविष्यमा यसको ठूलो असर पर्ने देखिएको छ ।

महासचिव दाहाल नेपाल राष्ट्र बैंकले तोके अनुसारको ५ प्रतिशत छुटमा रु पाँच करोडसम्म कर्जा पाउँदा धेरै राहत भएको बताउँनुहुन्छ । “बन्दाबन्दीले हामीहरू व्यवसायबाटै पलायन हुने अवस्थामा पुगेका थियौँ, अन्य क्षेत्रमा कर्जा पाउँन समस्या भएता पनि डेरी उद्योगीहरूलाई बैंकले खोजीखोजी कर्जा उपलब्ध गराउँदा धेरै सहज भएको थियो”, उहाँले भन्नुभयो ।

डेरी एशोसिएसनको तथ्याङ्कअनुसार नेपालमा दैनिक ६२ लाख लिटर दूध उत्पादन हुने गरेकामा औपचारिक क्षेत्रमा १७ प्रतिशत र अनौपचारिक क्षेत्रमा ३३ प्रतिशत खपत हुँदै आएको छ भने कृषक स्वयंले ५० प्रतिशत उपभोग गर्ने गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • व्यापार मेला शनिबारसम्म, राजस्थानको लोकनृत्य

    राष्ट्र न्यूज सम्वाददाता माघ १७, २०८१
    पोखरा । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला शनिबारसम्म चल्ने भएको छ । आइटी महोत्सवसहित १२…
  • व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृति

    राष्ट्र न्यूज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट बाँकी ६ वटै प्रदेशमा उडान संचालनको लागि पहल भइरहेको बताएका…
  • व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म

    राष्ट्र न्यूज सम्वाददाता माघ १५, २०८१
    पोखरा । पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । त्यहाँ विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । स्थानीय जयबहादुर…
  • व्यापार मेलामा सम्भावनाको बहस

    राष्ट्र न्यूज सम्वाददाता माघ १३, २०८१
    पोखरा । सूत्रधार तथा पत्रकार गोविन्द सुवेदीले कार्यक्रमको सुरुमै स्याङ्जाका अगुवा कृषक फणिनारायण अर्याल तथा व्यवसायी कोमलजंग कुँवरको दृष्टान्त पेश…
  • राष्ट्रिय औद्योगिक व्यापा मेला सुरु

    राष्ट्र न्यूज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक २०२५ तथा…

Recent News

भर्खरै