कास्की काँग्रेसले कोरोना संक्रमितका लागि एम्बुलेन्स सञ्चालन ग¥यो

राष्ट्र न्यूज सम्वाददाता
जेठ १, २०७८
photo ambulance

पोखरा, १ जेठ । नेपाली काँग्रेस कास्कीले आजदेखि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

कोरोना संक्रमितलाई अस्पतालसम्म पुग्न अहसज भएको र महंगो शुल्क समेत तिनुपर्ने भएकाले उनीहरुको सहजताका लागि निःशुल्क रुपमा एम्बुलेन्स संचालनमा ल्याएको हो ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीले पार्टीका सबै इकाइलाई समस्यामा परेकाहरुलाई अस्पतालसम्म ल्याउनका लागि आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ ।

‘संक्रमितका लागि नै एम्बुलेन्स सेवा हो, सभापति केसीले भन्नुभयो, समस्यामा परेकाको सहयोगमा जुट्न पार्टीका सबै नेता तथा कार्यकर्तालाई आग्रह गर्दछु।’

पोखराको चाउथेबाट शनिवार साँझ एम्बुलेन्स सेवा शुभारम्भ गरिएको कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो ।

हिमालय अर्गनाइजेशनको आयान इन्टरकन्टिनेण्टलकी प्रवन्ध निर्देशक एवं नेपाली काँग्रेस महिला विभाग सदस्य मिलन थापाले एम्बुलेन्सका लागि दुई वटा फोर्स गाडी उपलब्ध गराउनुभएको हो । उहाँले गाडीको चावि नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाटलाई हस्तान्तरण गर्नुभयो ।

कास्की काँग्रेसका सचिव देवेन्द्र रानाभाट, प्रवक्ता नवीन सिग्देल र नेपाली काँग्रेस क्षेत्र नं १(ख) सभापति कृष्ण कोइराला र समाजसेवी ध्रुव थापाको उपस्थितिमा सेवा शुभारम्भ गरिएको छ।एम्बुलेन्सका रुपमा पार्टीले ग.३.च ८८२ र ग.३.च २२६० नम्बरका गाडी संचालन गरेको छ ।

एम्बुलेन्स सेवाका लागि पार्टीका पदाधिकारी एवं क्षेत्रीय सभापतिहरुले पार्टी सचिव देवेन्द्र रानाभाटको मोवाइल नम्बर ९८४६०२६७६६ र कार्यालयका मुख्य सचिव विजयराज अधिकारीको मोवाइल नम्बर ९८५६०५४२२२ मा सम्पर्क गरि समन्वय गर्नु हुनेछ ।

कास्की काँग्रेसको वैशाख २६ गतेको बैठकले एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको थियो ।

Related News

सम्बन्धित समाचार

  • आलु महोत्सव भोली सकिदै

    राष्ट्र न्यूज सम्वाददाता वैशाख २, २०८२
    पोखरा, २ वैशाख । १३ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव बुधबार सकिदैछ । समापन समारोहलाई पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी…
  • कृषिको उत्सव आलु महोत्सव

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत । आलु महोत्सव कृषि उत्सव भएको औँल्याइएको छ । यतिवेला हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु…
  • महोत्सवमा १७ लाख बढीको आलु कारोवार

    राष्ट्र न्यूज सम्वाददाता चैत्र ३०, २०८१
    पोखरा, ३० चैत ।१३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ । शुुक्रबारसम्म…
  • हेमजा महोत्सवमा आलु किन्नेको घुइँचो

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८१
    पोखरा, २८ चैत । १३ औं राष्ट्रिय हेमजा आलु महोत्सव मध्येतिर आइरहदाँ आलु किन्नेहरुको सख्यामा हवात्तै बृद्धि भएको छ ।…
  • आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८१
    पोखरा, २७ चैत। १३ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा दिनप्रतिदिन दर्शक सहभागिता बढ्दै गएको छ । महोत्सव मध्येतिर आइरहदाँ दर्शक…