पोखरा, ३० वैशाख । नेपाल पत्रकार महासंघ कास्कीका सदस्य तथा गण्डकी टेलिभिजन पोखराका प्रवन्ध निर्देशक जगन्नाथ पौडेल ‘गणेश’ कोे असामयिक निधनले नेपाल प्रेस युनियन कास्की मर्माहत भएको छ ।
कोरोना भाइरस (कोभिड—१९) संक्रमण भइ विगत ११ दिनदेखि उपचाररत पौडेलको गण्डकी मेडिकल कलेजमा आज ४१ वर्षको उमेरमा भएको असामयिक निधनले युनियन स्तब्ध भएको हो ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेलद्वारा संयुक्त रुपमा जारी शोक विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारण गर्न सक्ने शक्ति भगवान्ले प्रदान गरुन् भनी कामना गरिएको छ । कामप्रति बफादार र हक्की स्वभावका पौडेल २०६५ सालदेखि गण्डकी टेलिभिजनमा कार्यरत हुनुहुन्थ्यो ।
गण्डकी टेलिजिभनको कार्यक्रम गण्डकी छड्केको छायाँकनमा खटिएकै अवस्थामा पौडेललाई वैशाख २० गते कोरोना संक्रमण भएको हो ।
पोखरा महानगरपालिका वडा नं ३३ बाघमारा निवासी स्वर्गीय पौडेलका आमा, श्रीमती र २ छोरा हुनुहुन्छ ।
Related News
सम्बन्धित समाचार
काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
Archives
Archives