पोखरा–४ मा कोभिड सहयोग उपसमिति

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ३०, २०७८
pkr 4

पोखरा, ३० वैशाख । पोखरा महानगरपालिका वडा नं ४ मा कोभिड १९ सहयोग उपसमिति गठन गरिएको छ ।

वडा अध्यक्ष शंकर प्रसाद बास्तोलाको अध्यक्षतामा बसेको बैंठकले समाजसेवी राजेन्द्रनिधि कोइरालाको अध्यक्षतामा ११ सदस्यीय उपसमिति गठन गरेको हो।

कोभिड रोकथाम तथा प्रभावितलाई सहयोग र आवश्यक समन्वय गर्ने उद्देश्यले उपसमिति गठन गरिएको हो । उपसमितिको उपाध्यक्ष गेहेन्द्र्रश्वर कोइराला, सचिव बसन्त पराजुली, कोषाध्यक्ष निर्मला लामिछाने रहनु भएको छ ।

सदस्यमा गायत्री पराजुली, राजेन्द्र लिगल, श्रीकृष्ण अधिकारी, प्रविन पालिखे, भगवती कोइराला, पुष्प कोइराला र हेमन्तराज पराजुली हुनुहुन्छ ।
समितिको सल्लाहकारमा गोविन्द प्रसाद पराजुली, शंकर बहादुर कोइराला, युद्व बहादुर कोइराला र कानुनी सल्लाहकारमा दामोदर अधिकारी रहनु भएको छ । समितिको संरक्षकमा वडा कार्यसमिति रहने छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै