पोखरा, ३० वैशाख । पोखरा महानगरपालिका वडा नं १३ निवासी युवा व्यवसायी सुजन गुरुङले कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनका लागि सहयोग गरेका छन् ।
संक्रमणबाट दिनहुँ मृत्यु हुँदा शव व्यवस्थापनमा सवारी साधनको समस्या भएपछि उनले आफ्नो टिप्पर सहयोग गरेका हुन् । शव व्यवस्थापनका लागि ग.१.ख ६८६९ नम्बरको ट्रिपर पोखरा महानगरपालिकालाई सुम्पेका छन् ।
ट्रिपर भाडामा दिनका लागि महानगरपालिकाले प्रस्ताव गरेको भएपनि विपत्को बेला राज्यलाई सहयोग गर्नु नागरिकको कर्तव्य ठानेर निःशुल्क सहयोग गरेको उहाँको भनाइ छ ।
गुरुङले कोरोना नियन्त्रणमा नआएसम्म आफूले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता