पोखरा, २९ वैशाख । गण्डकी धौलागिरि पेट्रोलियम डिलर्स एशोसियसनले आफ्नो कार्यालय भवनमा १० बेडको आइशोलेशन तयार गरेको छ ।
कोरोना संक्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेहरुलाई समस्या देखिएकाले उनीहरुको प्रयोजनका लागि आइशोलेशन तयार गरिएको एशोसियसनका अध्यक्ष राजन गोगंजुले जानकारी दिनुभयो ।
एशोसियसनको पोखरा महानगरपालिका १४ चाउथेमा रहेको भवनलाई आइशोलेशन सेन्टर बनाइएको हो । जटिल प्रकृतिका संक्रमितका लागि नभै कोभिड देखिएका तर घर वा डेरामा परिवारसहित बस्न नमिल्नेका लागि प्रयोग गर्ने गरी तयारी बनाइएको उहाँले बताउनुभयो ।
कार्यालयमा अहिले १० बेड सहित १५ दिनलाई पुग्ने खाद्यान्न तथा प्रारम्भिक मेडिसिन र माक्स, सेनिटाइजर, तातोपानीको व्यवस्था गरिएको छ । कार्यालयमै किचन र मनोरन्जनका सामाग्रीहरु समेत राखिएको अध्यक्ष गोगंजुले जानकारी दिनुभयो ।
पेट्रोलियम क्षेत्रमा क्रियाशील मजदुर र तिनका परिवार वा अन्य त्यस्ता विपन्न वर्गका संक्रमितहरुलाई महानगरको स्वास्थ्य महाशाखासँग समन्वय गरेर राखिने बताइएको छ ।
पहिलो चरणमा १० बेड निर्माण गरिए पनि कार्यालयको क्षमता २० बेडसम्म राख्न सकिने गरिने विस्तार गरिएको अध्यक्ष गोगंजुले बताउनुभयो । संभव भए अक्सिजन सिलिण्डरको समेत व्यवस्था मिलाउने प्रयास भैरहेको छ ।
Related News
सम्बन्धित समाचार
रुपाताल छेउमा सिस्टेनी मेला
छ महिनामा पूजिगततर्फ औसत १५ प्रतिशत मात्रै खर्च
गण्डकी प्रदेश सभा सदस्य बराललाई पितृशोक
सुजुकीका “द ग्राण्ड भिटारा” र नयाँ “ब्रेजा” गाडी पोखरामा सार्वजनिक
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम