कास्कीमा अमेरिकन फौजी किराको प्रकोप

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २८, २०७८
kira 1

पोखरा, २८ वैशाख । कास्कीमा अमेरिकन फौजी किराको प्रकोप बढेको छ ।

विगत १० दिनदेखि यस किराले कास्कीमा लगाइएको मकै सखाप पार्न थालेपछि कृषक चिन्तित छन् । यो किराको प्रकोप पाखाबारीमा बढी र तल्लो भेकका बारीमा कम छ ।

यसले मकै बढी मनपराउँछ । फौजी किराको प्रकोप मौसममा भर पर्ने बताइएको छ । लगातार वर्षा भए छिट्टै हराउने भएपनि वर्षा लगत्तै खडेरी परेमा झन् बढेर जानेछ ।

यतिबेला पाखा बारीमा लगाइएको मकै भर्खरै हुर्कने क्रममा र तल्लो भेकको मकैमा धान चमरा निस्कन सुरु गरेको छ । किराको प्रकोप बढेसँगै कृषि ज्ञान केन्द्रले अनुगमनसँग निणयन्त्रका उपाय बारे कृषकलाई जानकारी गराउन थालेको छ ।

‘कास्कीमा मकै खेती गरिएको सबै क्षेत्रमा पुगेर किराको प्रकोप बारे जानकारी लिएको छु’, कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख शालिकराम अधिकारीले भन्नुभयो, ‘मौसम हेर्दा किराको प्रकोप अझै बढ्ने देखिएकाले नियन्त्रण गर्न सक्रिय छौं।’

उहाँले कृषि प्राविधिकसँग तुरुन्त सम्पर्क गरी किरा नियन्त्रणका लागि सुरक्षित रुपमा विषादी प्रयोग गर्न कृषकहरुलाई आग्रह गर्नुभयो ।

उहाँले किरा नियन्त्रणका लागि क्लोरानट्रानीलिप्रोल वा ईमामेक्टिन बेन्जोयट वा स्पाइनोस्याड भन्ने विषादी प्रयोग गर्न सकिने जानकारी दिनुभयो ।

नेपालमा विगत २ वर्ष अघि देखि यो किरा भेटिएको हो । कास्कीमा पोहोर पनि फाट्टफुट्ट रुपमा किरा भेटिएको भएपनि अहिले जस्तो ठूलो समस्याका रुपमा नरहेको केन्द्र प्रमुख अधिकारीको भनाइ छ ।

कास्कीमा करीब १५ हजार हेक्टर क्षेत्रफलमा मकै खेती छ ।

Related News

सम्बन्धित समाचार

  • नेपाल प्रेस युनियन कास्कीको पदस्थापन

    राष्ट्र न्यूज सम्वाददाता जेठ १४, २०८०
    पोखरा, १४ जेठ । नेपाल प्रेस युनियन कास्कीको १० औं जिल्ला अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी एवं सदस्यको आइतबार पदस्थापन गरिएको छ…
  • जरोटुप्पोमा विनोद गौचनको ६९ औं जन्मजयन्ती

    राष्ट्र न्यूज सम्वाददाता जेठ १३, २०८०
    पोखरा, १३ जेठ । जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ…
  • पोखरामा राष्ट्र संघको नमुना महासभा हुने

    राष्ट्र न्यूज सम्वाददाता जेठ १२, २०८०
    पोखरा, १२ जेठ । पोखरामा संयुक्त राष्ट्र संघको नमुना महासभा शुक्रवारदेखि सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महासभामा १५ जिल्लाका…
  • लागू औषधसहित तीन जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०८०
    पोखरा, ११ जेठ । पोखरामा प्रहरीले लागू औषधसहित तीन जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजार कास्की र…
  • रेडियो हेमजा एघारौं वर्षमा

    राष्ट्र न्यूज सम्वाददाता जेठ ११, २०८०
    हेमजा, ११ जेठ । हेमजा सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो हेमजा ८८.५ मेगाहर्ज एघारौं वर्षमा प्रवेश गरेको छ…