गण्डकी, २८ वैशाख (रासस)। पाल्पा जिल्लाको वगनासकाली गाउँपालिका–७ खानीगाउँका शङ्कर गैरेले अमेरिकाबाट विद्यावारिधि गर्नुभएको छ ।
अमेरिकाको टेक्सस राज्यस्थित ए एण्ड एम विश्वविद्यालयबाट डिपार्टमेण्ड अफ प्लान्ड प्याथोलोजी एण्ड माइक्रोबायोलोजी विषयमा विद्यावारिधि गर्नुभएको हो ।
चितवनस्थित रामपुर कृषि क्याम्पसबाट कृषि विषयमा स्नातकोत्तर गर्नुभएका गैरेले अमेरिकाको उक्त विश्वविद्यालयवाट विद्यावारिधि गर्नुभएको हो ।
उहाँलाई सो विश्वविद्यालयका उपकुलपति प्याट्रिक स्टोभरले उपाधि प्रधान गर्नुभएको हो । पाँच वर्षअघि अध्ययनका क्रममा अमेरिका जानुभएका गैरेले त्यसअघि कृषि तथा वन विश्वविद्यालय चितवनमा दुई वर्ष प्राध्यापन गर्नुभएको थियो ।
विश्वव्यापीरूपमा पैmलिएको कोरोना भाइरसको सङ्क्रमण बढे पनि शैक्षिक क्यालेण्डरमा भने कुनै असर नपरेका कारण नियमित पढाइ भएको हुँदा समयमा नै विद्यावारिधि गर्न सफल भएको गैरेले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
समुदायका अगुवासँग परिवार नियोजन संघ
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य