चट्याङ लागेर एक घाइते, एक घर जल्यो

रासस
वैशाख २८, २०७८
chatang

ओखलढुङ्गा, २८ वैशाख (रासस) ।ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् ।

सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका–९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् ।

गम्भीर घाइते विकको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ । त्यस्तै दिउँसो ३ः१५ बजेको समयमा परेको चट्याङले चम्पादेवी गाउँपालिका–९ ओख्रेनीका खड्गबहादुर कार्कीको घर जलेर नष्ट भएको छ ।

आगलागीबाट घरभित्र रहेका धनमाल, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जल्दा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले बताउनुभयो ।

दिउँसो ३ः१५ देखि शुरु भएको आगलागी प्रहरी र स्थानीयवासीको सक्रियतामा बेलुका ५ बजेमात्र नियन्त्रणमा आएको थियो । यस वर्ष जिल्लाको लिखु र चम्पादेवी क्षेत्रमा चट्याङका कारण ठूलो जनधनको क्षति भइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • साहित्यिक साँझ – २०८० हुँदै

    राष्ट्र न्यूज सम्वाददाता जेठ १९, २०८०
    पोखरा, १९ जेठ । पोखरा – १३ साहित्यिक साँझ – २०८० हुने भएको छ । पोखरा –१३ आर्वास्थित आशिर्वाद क्लब…
  • हावाहुरी प्रभावित २५ परिवारलाई राहत

    राष्ट्र न्यूज सम्वाददाता जेठ १८, २०८०
    पोखरा, १८ जेठ । उदयपुरको गढी गाँउपालिकाका हावाहुरी प्रभावित परिवारलाई युनाइटेड क्लब पोखराले राहत प्रदान गरेको छ । क्लबको विपद्…
  • पोउवा संघको बोर्ड बैठक गिलुङमा

    राष्ट्र न्यूज सम्वाददाता जेठ १७, २०८०
    पोखरा,१७ जेठ।पोखरा उद्योग वाणिज्य संघले लमजुङको क्होंलासोथर गाउँपालिकाको गिलुङमा आफ्नो १२ औं कार्यसमिति बैठक गरेको छ । ग्रामीण पर्यटन तथा…
  • पोखराका गाईभैंसीमा लम्पी स्किन रोगको समस्या

    राष्ट्र न्यूज सम्वाददाता जेठ १६, २०८०
    पोखरा, १६ जेठ । पोखरा महानगरपालिका भित्र पालिएका गाईभैंसीहरुमा लम्पी स्किन रोगको समस्या देखिएको छ । वैशाख १० गतदेखि विशेष…
  • आगामी वर्षका लागि १७ खर्ब, ५१ अर्बको बजेट

    राष्ट्र न्यूज सम्वाददाता जेठ १५, २०८०
    पोखरा, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड बजेट ल्याएको छ…