हावाहुरी र असिनाले तरकारी तथा फलफूलमा क्षति

रासस
वैशाख २७, २०७८
Asina

डोटी, २७ वैशाख (रासस)। जिल्लामा गए रातिदेखि परेको असिना तथा हावाहुरीले लाखौँ मूल्य बराबरको तरकारी तथा फलफूल खेतीमा नोक्सानी गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बडिकेदार, बोगटानफुड्सिल, जोरायल गाउँपालिकाका विभिन्न वडामा परेको असिना तथा हावाहुरीले तरकारीलगायतका बालीमा नोक्सान गरेको छ ।

उहाँका अनुसार किसानले फलाएका काउली, टमाटरलगायत दाना लाग्दै गरेका अनार, आरुवखडा, अमिलो, सुन्तला, आँप, मौसमी, जुनारमा बढी क्षति पु¥याएको छ ।

यसैगरी अदुवा, प्याजलगायतका अन्य बालिनाली पनि क्षति भएको बताइएको छ । वर्षभरिको नगदेबालीका रुपमा लिइँदै आएका अदुवा, बेसार, सुन्तला, आप, मौसमी र सुन्तलाका दाना असिनाले झराएपछि किसान निरास भएको बडिकेदारका स्थानीयवासी तथा सञ्चारकर्मी यम चन्दले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

  • बैंकमा पैसा राख्नेमा कुन जिल्लाका नागरिक अघि ?

    रासस असार २०, २०७९
    रमेश लम्साल काठमाडौँ, २० असार (रासस) ः बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ…
  • नेप्से परिसूचकमा उछाल

    रासस असार १६, २०७९
    काठमाडौँ, १६ असार (रासस):धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से…
  • हवाई भाडा बढ्यो

    रासस असार ६, २०७९
    काठमाडौँ, ६ असार (रासस) : नेपाल वायु सेवा सञ्चालक सङ्घले आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको…
  • संसद्मा आगामी आवको बजेट पेश

    रासस जेठ १५, २०७९
    काठमाडौँ, १५ जेठ (रासस) :सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेश भएको…
  • बढ्यो सुनको मूल्य

    रासस जेठ ६, २०७९
    काठमाडौँ, ६ जेठ (रासस) :सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु ९७ हजार ३०० तोकिएको…