पोखरा, २६ वैशाख । विवाहको २५ औं वर्षको अवसर पारेर पोखरा बहुमुखी क्याम्पसकी प्रमुख शिशुकला पराजुलीले आफै कार्यरत क्याम्पसको भवन बनाउन ५ लाख २५ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।
पोखराको पहिलो सामुदायिक यो क्याम्पसले अहिले पोखरा–९ शान्ति वनबाटिकामा सुविधासम्पन्न र अपांगमैत्री भवन निर्माण गरिरहेको छ ।
क्याम्पस भवन बनाउनका लागि पराजुली र उनका पति परशुराम पौडेलले सहयोग रकमको चेक क्याम्पसलाई हस्तान्तरण गर्नुभयो ।
क्याम्पसका अध्यक्ष नरेन्द्रमान लालचनले सबैतिर आर्थिक सहयोग जुटाएर भवन निर्माणमा जुटेको बताउनुभयो ।
क्याम्पस प्रमुख पराजुलीले सामुदायिक क्याम्पस भएकोले समुदायकै सहयोगको भरमा संचालन हुने अवस्था रहेको बताउनुभयो । वैवाहिक वर्षगाठको अवसर पारेर क्याम्पस भवन बनाउनका लागि सहयोग गरेको उल्लेख गर्नुभयो ।
२०४४ मा स्थापना भएको यो क्याम्पसले अहिले नौकरोड रुपैयाँ लागतमा भवन बनाइरहेको छ ।
क्याम्पसमा अहिले स्नातकतहमा चारवर्षे व्यवस्थापन (बिबिएस) र मानविकी (बिए) संकायमा अध्यापन हुन्छ ।
Related News
सम्बन्धित समाचार
फेवाताल संरक्षणकालागि सर्वोच्चको फैसला कार्यन्वयन गर्न मुख्यमन्त्रीको संयोजकत्वमा समिति गठन
पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
पोखरामा मौलिक देउसी भैलो महोत्सव हुने
६४ टोपखाना मैदाने रेजिमेण्टका भूपू मेजर जर्नेल र कर्नेलको समूह पोखरामा
मासु पसलमा महानगरको अनुगमन, कहाँ के भेटियो ?