तनहुँ, २३ वैशाख (रासस) । ऋषिङ गाउँपालिका–४ स्थित मधुवनमा आज ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडा निवासी २५ वर्षीय वीरबहादुर बोटे रहेका छन् । ट्र्याक्टरमा सवार बोटेको दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना६त ४२०७ नंको ट्र्याक्टर भित्री सडकमा आफैँ अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खस्दा सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त दुर्घटनामा परी सोही वडा निवासी २२ वर्षीय किरण श्रेष्ठ र १८ वर्षीय सुन्दर श्रेष्ठ घाइते भएका छन् ।
किरणको दमौलीमा र सुन्दरको थप उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा सिफारिश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो ।
मृत्यु हुने व्यक्ति ट्र्याक्टर चालक हुन् या सवार गर्ने व्यक्ति हुन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता