पोखरामा पत्रकारलाई स्वास्थ्य सामाग्री र परिचयपत्र

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २१, २०७८
IMG_0016

पोखरा, २१ वैशाख । नेपाल पत्रकार महासंघ कास्कीले पोखराका पत्रकारलाई स्वास्थ्य सामाग्री तथा परिचयपत्र वितरण गरेको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सोमबार महासंघमा आवद्ध पत्रकारहरुलाई सेनिटाइजर र माक्स वितरण गरिएको हो ।

दोस्रो चरणमा तीव्र रुपमा फैलिएको कोभिड–१९ का कारण अग्रपंत्तिमा रहेर काम गर्ने पत्रकारहरुले जोखिम मोलेर काम गर्नुपर्ने भएकोले सुरक्षाको लागि करीब २ सय पत्रकारलाई सेनिटाइजर र मास्क दिइएको छ । त्यस्तै, १ सय १८ जना पत्रकारलाई नवीकरण गरिएको परिचयपत्र वितरण गरिएको छ ।

स्वास्थ्य सामाग्री र परिचयपत्र लिन छुटेका पत्रकारहरुले पत्रकार महासंघ कास्कीको कार्यालयबाट आफ्नो अनुकूलमा लिन सक्ने पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले बताउनुभयो ।

अध्यक्ष भण्डारीले जस्तोसुकै असहज अवस्थामा पनि महासंघ पत्रकारको साथमा रहने उल्लेख गर्नुभयो ।

नेलम्वो नेपालले पत्रकार महासंघ कास्कीलाई उक्त स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको थियो । विश्व स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले आवश्यकता अनुसार पत्रकारहरुको जोखिम न्यूनिकरणका लागि थप स्वास्थ्य सामाग्री निरन्तर उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

पत्रकार महासंघ कास्कीका सचिव माधव बरालले कोरोनाका कारण कुनै औपचारिक कार्यक्रम नगरि पत्रकारहरुको सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य सामाग्री वितरण गरिएको बताउनुभयो ।

पत्रकार महासंघ कास्कीले कोरोनाको उच्च जोखिमका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम नगरी स्वास्थ्य सामाग्री र महासंघ कास्कीका सदस्यहरुलाई नविकरण गरिएको परिचयपत्र वितरण गरेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives