पार्किङ गरेको भारतीय कारमा तीन जना बालक मृत अवस्थामा भेटिए

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १९, २०७८

पोखरा, १९ वैशाख । पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको कारमा तीन जना बालक मृत अवस्थामा भेटिएका छन् ।

तुलसीपुर–६ बरुवागाउँका भीमबहादुर परियारका नौ वर्षीय छोरा किरण, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण र किरण परियारका ६ वर्षीय छोरा करण मृत अवस्थामा भेटिएका हुन् ।

ति बालक तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा पार्किङ गरी राखेको भारतीय नम्बर प्लेट आरजे ०१ सीसी ०८८५ कारमा मृत अवस्थामा भेटिएका थिए ।

शनिवार साँझ कारबाट गन्हाएको गन्ध आएपछि हेर्दा घटना बारे थाहा भएको हो । घटना बारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार