मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७१५ जना होल्डिङ जोनमा, एक हजार बढीलाई जरिवाना

रासस
वैशाख १८, २०७८
mask

काठमाडौँ, १८ वैशाख (रासस)। नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको गति तीव्र भइरहे पनि मानिसहरु अझै पनि मास्क नलगाई हिँड्डुल गर्न छाडेका छैनन् ।

नेपाल प्रहरीका अनुसार मासिहरुले जान्दाजान्दै पनि लापरबाहीपूर्वक मास्क नलगाई हिँड्ने गरेको पाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न क्षेत्रमा मास्क नलगाई हिँड्डुल गर्ने ३३ हजार ७१५ जनालाई होल्डिङ जोनमा राखी मास्क लगाएर हिँड्ने सर्तमा छाडिएको छ ।

स्वास्थ्य विज्ञहरुले मास्कको प्रयोगले कोरोना भाइरस सङ्क्रमण हुनबाट जोगाउने भएकाले अनिवार्य रुपमा मास्कको प्रयोग गर्न अनुरोध गरिरहे पनि मानिसको लापरबाही भने कायमै छ ।

सोही अवधिमा तोकिएको मापदण्ड उल्लङ्घन गर्ने एक हजार ८६ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गराएरसमेत छाडिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा प्रहरीले ५०९ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको र उक्त कार्यक्रममा देशभर गरी जम्मा ३९ हजार ६४१ जनालाई सचेत गराइएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सिर्जना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी सङ्क्रमण रोक्न तोकिएको सुरक्षा मापदण्ड कार्यान्वयनका लागि नेपाल प्रहरीले सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

उक्त कार्यक्रममार्फत ‘सङ्क्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायतका विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा अघि बढाएको छ र अभियानका क्रममा पछिल्लो २४ घण्टामा १० हजार ७९४ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

नेपाल प्रहरीले विभिन्न स्थानहरूमा कोभिड–१९ को जोखिम न्यूनीकरणको लागि सचेतनामूलक सन्देशसहितको माइकिङ, सवारी साधनको जाँच, सचेतनामूलक प्लेकार्ड प्रदर्शनलगायतका कार्यक्रममार्फत मास्क तथा स्यानिटाइजरको सही प्रयोग र नियमित मास्क लगाउन सबैमा अनुरोधसमेत गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • साढे दुई घण्टा मोवाइल सेवा अवरुद्व, भर्खर सुचारु

    राष्ट्र न्यूज सम्वाददाता असार ९, २०७८
    पोखरा, ९ असार । देशभर अवरुद्व बनेको नेपाल टेलिकमको मोवाइल सेवा सुचारु भएको छ । मोवाइल सेवाको जिएसएम सिष्टममा समस्या…
  • मन्त्रिपरिषद् विस्तार बदर, २१ मन्त्री पदमुक्त

    राष्ट्र न्यूज सम्वाददाता असार ८, २०७८
    पोखरा, ८ असार । सर्वोच्च अदालतले पछिल्लो पटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । सर्वाेच्चको यो आदेशसँगै जेठ २१…
  • स्रोत नखुलेको रु ४० लाखसहित एक पक्राउ

    रासस असार ८, २०७८
    जलेश्वर, ८ असार (रासस) । महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत आज दिउँसो स्रोत नखुलेको करिब रु ४० लाखसहित एक युवकलाई प्रहरीले पक्राउ…
  • घर घरको मठमा राखियो तुलसीको दल

    रासस असार ७, २०७८
    काठमाडौँ, ७ असार (रासस)। वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा तुलसीको बिरुवा उमार्न बीउँ रोपण सम्पन्न गरिएको छ । यसलाई…
  • महाकालीमा खतराको सङ्केत

    रासस असार ६, २०७८
    डडेल्धुरा, ६ असार(रासस) ।लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको स्तरले खतराको सङ्केत पार गरेको छ । डडेल्धुरा परशुराम धाममा रहेको…