पोखरा, १७ वैशाख । पोखरा उद्योग वाणिज्य संघले कोभिड–१९ को दोस्रो लहरको गाम्भीर्यता बुझ्न र आफै संयम हुन उद्योगी व्यवसायीहरुसँग आग्रह गरेको छ ।
संघले बिहीबार जारी गरेको विज्ञप्तिमा तोकिएको निर्धारित अवधिको लागि तोकिएका ‘अत्यावश्यक’ सामग्रीहरुको व्यवसाय मात्रै संचालन गर्न अनुरोध पनि गरेको छ ।
‘संकटको यो घडीमा स्वास्थ्य मन्त्रालयले सुझाएका सुरक्षा तथा सरकार एवं स्थानीय प्रशासनले जारी गरेका मापदण्ड कायम गराउनु व्यक्ति र समाजको लागि हितकर भएकोमा कुनै द्धिविधा छैन’,संघका महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा जारी विज्ञप्तिमा भनिएको छ,‘ विषमतामा राज्यको आग्रह अवहेलना गर्दा राज्यबाट घोषित राहतका प्याकेजहरु दावी गर्ने नैतिकता पनि बाँकी रहँदैन । विषमतामा मैले व्यवसाय गर्न किन नपाउने भन्ने प्रश्न गौण बन्न पुग्छ भन्ने हामीले मनन गर्नैपर्छ ।’
संघले व्यवसायीहरुले बिक्री बितरण गर्ने सबै सामग्रीहरु सबै कुनै न कुनै बेलाका निम्ति अत्यावश्यक नै हुने भए पनि शुभ र अन्तिम संस्कारमा चाहिने ‘बस्त्र’लाई एउटै खालको आवश्यकता मान्न सकिँदैन भन्नेमा प्रष्ट हुन पनि व्यवसायीहरुसँग आग्रह गरिएको छ । संघले
आफू सुरक्षित बन्न तथा समाजलाई सुरक्षित राख्नको लागि उद्योगी व्यवसायीहरुलाई पटक पटक अनुरोध गरिएको स्मरण गर्दै विषमतामा पनि अत्यावश्यक सामग्रीहरुको आपूर्ति प्रणालीलाई सहज राख्नु र अभाव सिर्जना हुन नदिन पनि आग्रह गरेको छ ।
उद्योगी व्यवसायीको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघले समेत यो समय नागरिकहरु आफै संवेदनशील र जिम्मेवार बन्न आग्रह गरेको उल्लेख गर्दै संघले राज्यको आग्रह अवहेलना गर्दा राज्यबाट घोषित राहतका प्याकेजहरु दावी गर्ने नैतिकता पनि बाँकी नरहने स्मरण गराएको छ ।
Related News
सम्बन्धित समाचार
माछापुच्छे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा
बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन
माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई
पर्यटन वर्ष उद्घाटन कार्यक्रममा आगोको झिल्कोले बेलुन पड्किँदा अर्थ मन्त्री पौडेल र मेयर आचार्य घाइते
तेस्रो हिसान गण्डकी फुटसलमा फागुन ४ देखी, १३ विद्यालय र ९ कलेजको सहभागी