विश्वासको मत लिन नसक्ने अवस्था आएपछि सत्ता बचाउँन सत्ताको व्यापक दुरुपयोग – कास्की काँग्रेस

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १६, २०७८
nepali-congress

पोखरा, १६ वैशाख । गण्डकी प्रदेशसभामा सरकार विरुद्धको अविश्वासको प्रस्तावमा कार्य व्यवस्था परामर्श समितिले तय गरेको कार्यसूचि अन्र्तगत मतदानको तयारी भैरहेको अवस्थामा सांसदलाई वदनियतपूर्वक रहस्यमय तरिकाले अनुपस्थित गराईएको घटनाप्रति नेपाली काँग्रेस कास्कीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सांसदलाई वदनियतपूर्वक अनुपस्थित गराईएको घटनामा सरकार स्वयं संलग्न रहनु असंवैधानिक र अप्रजातान्त्रिक क्रियाकलाप भएको विज्ञप्तिमा उल्लेख छ ।

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा अविश्वासको प्रस्ताव दर्ता हुने भएपछि हठात्मा संसद अधिवेशन अन्त्य गर्ने, छलफल शुरु भएपछि पी.सी.आर. परिक्षणका नाममा संसद अवरुद्ध पार्ने जस्ता संसदीय अभ्यास विपरितका क्रियाकलापहरुमा सरकार शुरुदेखिनै संलग्न रहेको प्रष्ट देखिएको जनाएको छ ।

विश्वासको मत लिन नसक्ने अवस्था आएपछि सत्ता बचाउँन सत्ताको व्यापक दुरुपयोग गर्नु र स्थानीय प्रशासनसमेत त्यसमा संलग्न रहनु निन्दनीय कार्य हो विज्ञप्तिमा भनिएको छ ।

एकै समयमा सांसद शाहीको पि.सी.आर.परिक्षणको रिपोर्ट फरक फरक आउनु आफैमा रहस्यमय र स्वास्थ्य संस्थाको विश्वसनीयतामा समेत प्रश्न उठ्ने गरी क्रियाकलाप हुनु दुःखद विषय हो ।

विज्ञप्तिमा अज्ञात अवस्थामा रहनु भएका गण्डकी प्रदेशसभाका सांसद खिम विक्रम शाहीको अवस्था तत्काल सार्वजनिक गर्न माग गरिएको छ ।

विज्ञप्तिमा संघीयतालाई कमजोर बनाउने गरी गरिएको प्रदेश सरकारको यस प्रकारको जसरी पनि सत्तामा टिकिरहने सर्वसत्तावादी रवैयाको घोर निन्दा र भत्सर्ना गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives