पोखरा, १६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ ।
राजीव गुरुङ (दीपक मनाङ्गे) लाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रीमा नियुक्ति गर्नुभएको हो । मनाङ्गेले मनाङबाट प्रदेशसभाको चुनाव जित्नु भएको थियो ।
प्रदेश नीति तथा योजना आयोजको सभाहलमा शपथ ग्रहण कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दिनुभयो ।
मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमाथि बुधबार सदनमा मतदान गर्ने कार्यसूचीकै दिन आफू बिरामी परेको भन्दै राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीको अस्पताल भर्नाले मुख्यमन्त्रीको जोगिनु भएको थियो ।
यसबारेमा शाहीले आफू पार्टीप्रति प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत सार्वजनिक गर्नुभएको छ ।
Related News
सम्बन्धित समाचार
भूकम्पका कारण एकको मृत्यु, दर्जनौ घरमा क्षति
कास्की काँग्रेसद्वारा निर्वाचित विद्यार्थीलाई सम्मान
व्यवसायी शर्मा सम्मानित
पोउवा संघ र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवा सम्झौता, संघका सदस्यलाई विशेष छुट
पोखरा महोत्सवमा निःशुल्क स्वास्थ्य जांच