काठमाडौँ, १४ वैशाख (रासस) । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गर्ने भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले आज सूचना जारी गर्दै पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो मन्त्रालयमा प्राप्त भएकाले त्यस्ता प्रयोगशालालाई कारवाही गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार बढी लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत ती प्रयोगशालालाई परीक्षणको सूचीबाट हटाइने छ ।
मन्त्रालयले सरकारी प्रयोगशालालाई रु एक हजार र निजी प्रयोगशालालाई पिसिआर परीक्षण शुल्क रु दुई हजार तोकेको छ ।
Related News
सम्बन्धित समाचार
हिल प्वाइन्टका विद्यार्थी बृद्वाश्रममा, बृद्वबृद्वासँग अन्तरक्रिया
शताब्दी पुरुषलाई सम्मान
हुम्लाका विद्यार्थीलाई सहयोग गर्न पोखरामा सांगीतिक कार्यक्रम हुँदै
क्रिष्टल मन्टेश्वरीद्वारा वृक्षारोपण
वातावरण दिवसमा दृश्य अवलोकन पार्कमा वृक्षारोपण