पोखरा, १४ वैशाख । सांसदको पिसिआर टेस्ट माग गर्दै अबरुद्ध गण्डकी प्रदेशसभाको बैठक सबै सांसदको पिसिआर टेस्ट गरी सुचारु गर्ने सहमति भएको छ ।
कार्य व्यवस्था परामर्श समितिको बैठकमा सबै सांसदको आज मंगलबार नै स्वाब संकलन गरी टेस्ट गरिने सहमति जुटेको हो ।
टेस्टपछि कोरोना पोजेटिभ देखिएका सांसदले भोलि बुधबार हुने मतदानमा भाग लिन पाउने छन् तर संसदमा बोल्न भने दिइने छैन ।
संसद बैठक बुधबार दिउँसो १ बजेलाई बोलाइएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो।
कोरोना महामारीको बेलामा सांसदको पिसिआर टेस्ट नगरीकन बैठक चलाउन नपाइने भन्दै सत्ता पक्षकै सांसदले आजका लागि बोलाइएको बैठक अबरुद्ध गर्नुभएको थियो ।
मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध परेको अविश्वासको प्रस्तावबारे बुधबार मतदान हुँदैछ ।
Related News
सम्बन्धित समाचार
चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैँ छान्न पाइने
बेनी–तातोपानी सडक कालोपत्र
पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी
हावाहुरीले १४० विद्युत् पोलमा क्षति, विद्युत् सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै पाँच दिन लाग्ने
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय