सुरक्षित रहँदै व्यवसाय गर्न पोउवा संघको आग्रह

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १३, २०७८
PCCI

पोखरा, १३ वैशाख ।पोखरा उद्योग वाणिज्य संघले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय संचालन गर्न व्यवसायीहरुसँग आग्रह गरको छ ।

कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको बेला संघले दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति गर्न तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकहरुसँग सामान किनमेल गर्दा आवश्यक दूरी कायम गर्न,  अनावश्यक भीडभाड नगर्न एवं अनिवार्य रुपमा माक्सको प्रयोग गर्नका लागि अनुरोध पनि गरेको छ ।

 संघका महासचिव सुरेन्द्रमान बिजुक्छेद्धारा आइतबार जारी विज्ञप्तिमा कोभिड–१९ को दोस्रो लहरले ल्याएको विपत्तिवाट नागरिकलाई जोगाउन स्वास्थ्य सुरक्षाको यथोचित प्रबन्ध गर्न र सरकारबाट प्रदान हुने स्वास्थ्य सेवाप्रति जनतालाई आश्वस्त बनाउन तीनवटै सरकार तथा सरोकारवाला निकायहरुसँग जोडदार माग गरिएको छ ।

 संघले उद्योग÷व्यवसाय लयमा फर्कदै गर्दा पुनः ‘मिनि लकडाउन’को अवस्था आउनु निजी क्षेत्रको लागि दुर्भाग्यपूर्ण अवस्था भएको ठहर गरेको छ ।

‘सरकारवाट घोषित राहतका प्याकेजको पर्खाइको क्षणमा आएको यो विपत्तिले हामीलाई कहां पु¥याउँछ, थाहा छैन तर कोभिडको दोस्रो लहर भित्रिएको पुष्टि भैसकेको वर्तमान अवस्थामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना गर्नु हामी सबैको दायित्व र कर्तव्य हो’,विज्ञप्तिमा भनिएको छ,‘ फेरि लकडाउन हुनु भनेको कोमामा पुगेको व्यापार व्यवसाय पूर्ण रुपमा बन्द हुनु हो । हामीलाई ढोका बन्द गरेर बस्ने छुट छैन र हुँदैन पनि ।’

 विज्ञप्तिमा संकटको बेला उद्योगी ÷ व्यवसायी माथी दायित्व थपिने उल्लेख गर्दै  सुरक्षित रहंदै बजारलाई गतिशिल बनाउने तथा एक वर्ष थलिएर ऋणात्मक बनेको अर्थतन्त्रलाई  उकास्ने सरकारी निति अनुरुप तयार हुनु पनि निजी क्षेत्रको कर्तव्य भएको उल्लेख गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • व्यापार मेला शनिबारसम्म, राजस्थानको लोकनृत्य

    राष्ट्र न्यूज सम्वाददाता माघ १७, २०८१
    पोखरा । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला शनिबारसम्म चल्ने भएको छ । आइटी महोत्सवसहित १२…
  • व्यापार मेलामा मधेशको परिकार, मधेशको संस्कृति

    राष्ट्र न्यूज सम्वाददाता माघ १६, २०८१
    पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट बाँकी ६ वटै प्रदेशमा उडान संचालनको लागि पहल भइरहेको बताएका…
  • व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म

    राष्ट्र न्यूज सम्वाददाता माघ १५, २०८१
    पोखरा । पोखरा महानगरपालिका ३१, सुन्दरीडाँडा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । त्यहाँ विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । स्थानीय जयबहादुर…
  • व्यापार मेलामा सम्भावनाको बहस

    राष्ट्र न्यूज सम्वाददाता माघ १३, २०८१
    पोखरा । सूत्रधार तथा पत्रकार गोविन्द सुवेदीले कार्यक्रमको सुरुमै स्याङ्जाका अगुवा कृषक फणिनारायण अर्याल तथा व्यवसायी कोमलजंग कुँवरको दृष्टान्त पेश…
  • राष्ट्रिय औद्योगिक व्यापा मेला सुरु

    राष्ट्र न्यूज सम्वाददाता माघ १०, २०८१
    पोखरा । पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१, १२ औं क्यान इन्फोटेक २०२५ तथा…

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग