गण्डकी, १२ वैशाख (रासस) ः कास्की प्रशासनले कोभिड–१९ को रोगथाम र नियन्त्रणको लागि सचेतना एवम् अनुगमनलाई तिब्र बनाएको छ ।
पोखरा बजारमा दिनानुदिन संङ्क्रमितको संख्या बढ्दै गएपछि प्रशासनले सार्वजनिक स्थानमा सुरक्षा मापदण्ड अपनाउन सर्वसाधारणलाई सचेत गराउनुका साथै बिभिन्न समारोह हुने पार्टी प्यालेसहरुमा अनुगमन बढाएको हो ।
प्रशासनले आज कास्की पोखराका अधिकतम भिडभाड हुने ठाउँहरु चिप्लेढुङगा, अमरसिह चोक र पृथ्वीचोकमा माक्स नलगाउने व्यक्तिलाई एक घण्टा नियन्त्रणमा लिई कोरोना भाइरबाट बच्न अपनाउनु पर्ने स्वास्थ्य मापदण्ड लगायतमा जानकारी दिइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार अनुगमनका क्रममा आज माक्स नलगाउने एक हजार ७८ जनालाई नियन्त्रणमा लिइ कोरोना सचेतनाबारे प्रशिक्षण दिइएको छ । उक्त अवसरमा सामुदायिक प्रहरीको सकृयतामा माक्स समेत वितरण गरिएको थियो ।
प्रशासनले पोखराका बिभिन्न पाँचवटा पार्टी प्यालेसमा पनि अनुगमन गरेको छ । कोरोना सङ्क्रमणको दर बढिरहेको अवस्थामा प्रत्येक नागरिक आ–आप्mनो ठाउँमा सतर्क बन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्दै प्रजिअ गौतमले प्रशासनले अनुगमनको कामलाई निरन्तर अघि बढाउने उल्लेख गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
महिला दिवसमा गृह श्रमिक संघ कास्कीको विविध कार्यक्रम
मर्दीखोला शैक्षिक प्रतिष्ठानद्वारा ५ लाख बराबरको छात्रवृत्ति र शैक्षिक सामाग्री वितरण
महाकाव्यकार चालिसेको मैले देखेको पोखरा लोकर्पण
नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघको स्थापना दिवस
१३ औं रुपा तालबेसी फागु महोत्सव हुने