पोखरा, १२ वैशाख । पछिल्लो समय सीपमूलक तालिममा युवाहरुको आकर्षण बढेर गएको छ ।
तालिमपछि स्वरोजगार र अन्य व्यवसायमा समेत अवसरको ढोका खुल्ने भएपछि युवाहरु आकर्षित बनेका हुन् ।
पोखराको विरौटास्थित व्यवसायिक तथा सीप विकास तालिम केन्द्र गण्डकी प्रदेश कार्यालयमा सीपमूलक तालिम बारे चासो लिएर दैनिक करीब ५० जना युवाहरु पुग्ने गरेका छन् ।
विदेशबाट फर्केका, कोभिड प्रभावित, आर्थिक अवस्था कमजोर भएका र स्वरोगजार बन्न चाहनेहरु तालिमप्रति बढी आकर्षित भएको केन्द्र प्रमुख अनिल सुवेदीले जानकारी दिनुभयो । १८ देखि २५ वर्ष उमेर समूहका युवा तालिमप्रति बढी आकर्षित छन्।
केन्द्रले छोटो (१५दिन) र लामो (४५दिनदेखि तिन महिना) अवधीका तालिम संचालन गर्दै आएको छ । यो आर्थिक वर्ष अहिलेसम्म करीब ४ सय ५० जनाले तालिम लिइसकेका छन् ।
तालिम केन्द्रले भिडियोग्राफी, प्लम्बिङ, विद्युत जडान, मोवाइल मर्मत, बुटिक डिजाइन, मन्टेश्वरी, सैलुन, कम्यूटर मर्मत, कुक, ग्रील जडान लगायतका २२ प्रकारमा तालिम संचालन गर्दै आएको प्रशासन शाखा प्रमुख राजन तिमिल्सिनाले जानकारी दिनुभयो।
चालु आर्थिक वर्ष गण्डकी प्रदेशका एक हजार चार सय जनालाई सीपमूलक तालिम दिने कार्यालयको लक्ष्य रहेको छ । तालिमका लागि करीब एक करोड रुपैयाँ खर्च हुने छ । मन्टेश्वरी, व्यूटिपार्लर, मोवाइल मर्मत, कुक र भिडियोग्राफी तालिमको माग बढी छ ।
संघ र प्रदेश सरकारको प्राथमिकतामा सीपमूलक तालिम परेको केन्द्र प्रमुख सुवेदीको भनाइ छ ।
तालिम लिएकामध्ये ८० प्रतिशतमा व्यवसायमा आवद्व भैसकेको बताइएको छ । त्यस्तै, स्वरोजगार बन्नेको संख्या पनि उलेख्य छ ।
Related News
सम्बन्धित समाचार
स्रोत नखुलेको ६९ लाख रकमसहित तीन पक्राउ
जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु , नौ जना घाइते
३६ लाख नगदसहित पक्राउ
निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृह कार्यमा छौँ ः आयोग
विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण