पोखरा, १२ वैशाख । नेपाल ट्रेड युनियन काँग्रेस कांस्कीले नयाँ वर्षको शुभकामना आदान प्रदान तथा पत्रकार महासंघ जिल्ला, प्रदेश र केन्द्रका निर्वाचित पदाधिकारीलाई सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका नेता शुक्रराज शर्माले देशको सबैभन्दा ठूलो सम्पत्ति र देशको मेरुदण्ड प्रजातन्त्र रहेको बताउनुभयो ।
उहाँले पत्रकारिता क्षेत्रमा कलम चलाउदा पत्रकारहरुले सकारात्मक उर्जा थप्न सक्नुपर्ने भन्दै अहंकारले स्थान नपाउने गरि कलम चलाउन आग्रह गनुभयो ।
त्यस अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसका सल्लाहकार रामजी कुँवर,केन्द्रीय सदस्य जीतबहादुर गुरुङ,गण्डकी प्रदेशका अध्यक्ष मुरारी शर्मा,निवर्तमान कास्की जिल्ला अध्यक्ष कुलदेवी बराल, पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिना, गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, जिल्लाका अध्यक्ष विमला भण्डारी, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले बोल्नु भएको थियो ।
नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डिल्लीराम भट्टराईले स्वागत र सचिव रुद्र तिमिल्सिनाले सञ्चालन गर्नु भएको थियो ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सनको राष्ट्रिय महाधिवेशन फागुनको १६ र १७ गते काठमाण्डौमा
पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता शुरु
नागीधार महोत्सवको तयारी पुरा
पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि
‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुति राख्ने
Archives
Archives