पोखरा, ११ वैशाख । गिरिजा प्रसाद कोइराला फाउण्डेशन कास्कीले शिखर पुरुष, शान्ति नायक स्व. गिरिजा प्रसाद कोइरालाको शालिक निर्माणस्थल लेखिएको वोर्ड उखेलेर फालिएकोप्रति भत्सर्ना गरेको छ ।
पोखरा महानगरपालिका वडा नं १८ मा रहेको राष्ट्रिय विभुति तथा शहिद पार्कमा स्व. गिरिजा प्रसाद कोइरालाको शालिक निर्माणस्थल लेखिएको वोर्ड फालिएको घटनाको निन्दा गरिएको हो ।
फाउण्डेशनका अध्यक्ष शारदा पौडेल र कास्की अध्यक्ष यादवराज अधिकारीले संयुक्त विज्ञप्ति प्रकाशित गरी लोकतन्त्र दिवसको पूर्व सन्ध्यामा लोकतन्त्र र गणतन्त्रका अगुवाका प्रतिकको वोर्ड फालिनु शान्ति, लोकतन्त्र, गणतन्त्रकै उपहास भएको ठहर गरेको छ ।
त्यस्तो गतिविधि असहिष्णु, उछृङ्खल, अलोकतान्त्रिक र निन्दनीय कार्य भएको भन्दै दोषी पत्ता लगाएर कारवाही गर्न माग गरिएको छ ।
विज्ञप्तिमा पार्कभित्रको सुरक्षा सुनिश्चितता गर्न पनि माग गरिएको छ । २०७७ चैत २६ गते शहिद पार्कमा वोर्ड राखिएको थियो ।
Related News
सम्बन्धित समाचार
प्रदेश प्रमुख भट्टद्वारा बुद्धजयन्ती र उभौली पर्वको शुभकामना
जेठ २६ गतेसम्म संचालन हुने पोखराको कोटिहोमबारे आध्यात्मिक मासिक पत्रिका “अग्निचक्र” को फागुन, चैत र वैशाख विशेषाङ्क
जेठ दोस्रो साता कोटिहोममा वाचन गर्न कथा वाचिका राधिका दासी आउने
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
अग्निचक्र राष्ट्रिय मासिकको लगातार ३ वटा कोटिहोम विशेषाङ्क प्रकाशित