काठमाडौँ, ११ वैशाख (रासस) । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ ।
छोरी प्रेरणा शाहसहित उहाँहरु आज दिउँसो १ बजे अस्पतालमा भर्ना हुनुभएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोभिड–१९ को उपचारका लागि उहाँहरु भर्ना हुनुभएको हो ।
केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना सङ्क्रमण देखिएको थियो ।
कर्पोरेट कम्युनिकेशन बाँस्तोलाले उहाँहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।
Related News
सम्बन्धित समाचार
चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैँ छान्न पाइने
बेनी–तातोपानी सडक कालोपत्र
पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी
हावाहुरीले १४० विद्युत् पोलमा क्षति, विद्युत् सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै पाँच दिन लाग्ने
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय