कर्मचारी सहकारीको क्यालेण्डर विमोचन

राष्ट्र न्यूज सम्वाददाता
वैशाख १०, २०७८
karmachari

पोखरा, १० वैशाख । नयाँ वर्ष – २०७८ को अवसरमा कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

त्यस अवसरमा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्काले सहकारीले प्रकाशित गरेको नयाँ वर्ष – २०७८ को क्यालेण्डर विमोचन गर्नु भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य समेत रहनु भएकाले खड्काले सहकारीले पैसा किन्ने र बेच्ने मात्र काम गर्न नहुने बताउनुभयो ।

उहाँले गण्डकी प्रदेश सरकारले संविधान विपरीत काम गर्दै अराजकता निम्त्याउन लागेका कारण सरकारको विकल्प खोजिएको स्पष्ट पार्नुभयो ।
नेपाल निजामति कर्माचारी युनियन संघका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीले ट्रेड युनियन आन्दोनलाई शशक्त बनाउन आवश्यक रहेको बताउनुभयो ।

त्यस अवसरमा नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जनताको हितलाई केन्द्र विन्दुमा राखेर पार्टी र कर्मचारीले काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल निजामति कर्माचारी युनियन संघ कास्कीका अध्यक्ष डार्विन लम्सालले कर्मचारी बीच एकताको आवश्यकता रहेको औल्याउनुभयो ।

कर्मचारी बचत तथा ऋण सहकारीका उपाध्यक्ष महेश सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सुरेशकुमार श्रेष्ठले स्वागत र सचिव बद्रि पौडेलले सञ्चालन गर्नु भएको थियो

Related News

सम्बन्धित समाचार

Archives

Archives