पोखरा, ९ वैशाख । स्याङ्जाको फेदीखोला गाउँपालिका – ४ राम्चेस्थित शीतलादेवी मन्दिरमा रानाभाट परिवारले प्रतिक्षालय निर्माण गर्नु भएको छ ।
मन्दिरको दर्शनका लागि पुगेका भक्तजनको सहजताका लागि प्रतिक्षालय निर्माण गरिएको हो ।
फेदीखोला – ३ भाटखोला खोलाखेत निवासी पूर्व अध्यक्ष स्व. हुमबहादुर रानाभाटको स्मृतिमा धर्मपत्नी जौमाया रानाभाट, छोरा÷बुहारी अर्जुन रानाभाट, चेतबहादुर रानाभाट, शिव रानाभाट, राजु रानाभाट र छोरी ज्वाइँले संयुक्त रुपमा प्रतिक्षालय गर्नु भएको हो ।
करीब ३ लाखको लागतमा प्रतिक्षालय निर्माण गरिएको हो ।
चैंते दशैंको अवसरमा आयोजित कार्यक्रममा फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले प्रतिक्षालय उद्घाटन गर्नु भएको थियो ।
रानाभाट परिवारले छैटौं चैते दशै मेलामा आयोजित भलिबल प्रतियोगितामा पहिलो पुरस्कार २५ हजार सहयोग गर्नु भएको छ ।
रानाभाट परिवारले हेलिकप्टर चार्टर गरि पहिलो पटक राम्चेमा निर्मित हेलिप्याडमा अवतरण गर्नु भएको थियो ।
Related News
सम्बन्धित समाचार
कालिका मन्दिर चिनाउन सङ्ग्रहालय
‘टिभिएस ग्राण्ड एक्स्चेन्ज मेला’ हुने
कास्कीको माछापूच्छ«ेमा अध्यक्ष र उपाध्यक्षसहित सात वडामा काँग्रेस विजयी
पोखरा महानगरमा गठबन्धन उम्मेदवारको अग्रता
पोखराको प्रमुखका उम्मेदवारद्वय कांग्रेसका नेता सापकोटा र तिवारीको उम्मेदवारी फिर्ता