एकैदिन २,३५१ सङ्क्रमित

रासस
वैशाख ८, २०७८
corona 2

काठमाडौँ, ८ वैशाख (रासस) । कोभिड– १९ को सङ्क्रमण दिनदिनै बढ्दै गएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दैनिक सङ्क्रमित हुनेको सङ्ख्या बढिरहेको जानकारी दिनुभयो ।

उहाँले आज मात्र दुई हजार ३५१ मा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । हिजो (मङ्गलबार) एक हजार ७३६ जना सङ्क्रमित थपिएका थिए ।

यस्तै गत सोमबार (वैशाख ६ गते) एक हजार २८१, आइतबार (वैशाख ५ गते) एक हजार ९६, शनिबार (वैशाख ४ गते) ८४३, शुक्रबार (वैशाख ३ गते) ९०० जनामा सङ्क्रमण देखिएको थियो ।

आठ हजार ८८४ नमूनाको पिसिआर परीक्षण गर्दा दुई हजार २२० र ८०३ मा एन्टिजेन टेष्ट गर्दा १३१ मा सङ्क्रमण पुष्टि भएको हो । अहिलेसम्म दुई लाख ८९ हजार ७८७ जना सङ्क्रमित भएका छन् । काठमाडौँ उपत्यकामा एक हजार ५१ मा सङ्क्रमण देखिएको छ ।

उहाँका अनुसार भक्तपुरमा ८४, ललितपुर १८१ र काठमाडौँमा ७८६ जनामा सङ्क्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले आज २८७ जना उपचारपछि घर फर्किएका छन् ।

अहिलेसम्म दुई लाख ७६ हजार ९३ जना निको भई घर फर्किएका छन् । सङ्क्रमण मुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ । अहिलेसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार ५८२ जना संस्थागत आइसोलेशन ८३६ जना र होम आइसोलेशनमा नौ हजार ७४६ जना छन् ।

यस्तै सङ्क्रमितमध्ये १८० जना सघन उपचार कक्ष ४७ जना भेन्टिलेटरमा उपचार गराइरहनुभएको छ । यस्तै विगत २४ घण्टामा सङ्क्रमणबाट छ जनाको निधन भएको छ ।

अहिलेसम्म तीन हजार ११२ जनाको सङ्क्रमणबाट निधन भएको छ । यस्तै नेपाल–भारतका नौ वटा सीमानाकामा ८०३ जनाको कोरोना भाइरस परीक्षण गर्दा १३१ जनामा सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…
  • आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८०
    पोखरा, २५ चैत । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका…

Archives

Archives