पोखरा, ७ वैशाख । गण्डकी प्रदेशकै पहिलो र अग्रणी रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले पोखराको हस्पिटल चोकमा नयाँ शाखा खोलेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल(गण्डकी अस्पताल)को पूर्वी गेटमा रहेको युआरएलको शाखाले मंगलबारबाट सेवा आरम्भ गरेको हो । यो युआरएलको पाँचौं शाखा हो ।
पोखरा महानगरको सेतीपारीका सेवाग्राही, अस्पतालहरु र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बिरामीलाई लक्षित गरी शाखा सञ्चालन गरिएको हो ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले पोखरा, न्युरोडको केन्दीय कार्यालयबाट दिइने सबै सेवा हस्पिटलचोक शाखामा उपलब्ध रहेको जानकारी दिनुभयो । संसारकै सर्वाेत्कृष्ट प्रविधिमार्फत् दक्ष र अनुभवी कर्मचारीले गुणस्तरीय सेवा दिने उहाँको भनाइ छ ।
अध्यक्ष पन्तले भन्नुभयो, ‘गण्डकी अस्पतालमा सेवा लिन आउने बिरामीले सास्ती पाएको देखियो । त्यहाँ नहुने जाँच, बाहिर पठाउनुपर्ने जाँच र अन्य सबै जसो रगत जाँच युआरएलमा हुन्छ ।’
गण्डकी अस्पताल र अन्य अस्पतालमा आइपर्ने आकस्मिक अवस्थालाई मध्यनजर गरी यहाँ २४ सैं घन्टा प्रयोगशाला सेवा उपलब्ध हुने बताउनुभयो ।
शाखा सञ्चालनको अवसरमा मधुमेह (सुगर) सम्बन्धी रक्त परीक्षण वैशाखभर निःशुल्क हुने युआरएलका सिइओ भूपेन्द्रराज पाण्डेयले जानकारी दिनुभयो । उहाँले होलबडी, थाइराइड लगायत अन्य सबै प्रकारका परीक्षणमा पनि वैशाख महिनाभर ३० प्रतिशत छुट दिइएको जानकारी दिनुभयो ।
युआरएलले यसअघि तनहुँको दमौली र दुलगौैंडा, लमजुङको बेशीसहर र स्याङ्जाको वालिङमा शाखा सञ्चालनमा गरिसकेको छ ।
Related News
सम्बन्धित समाचार
शिवशक्ति क्याम्पसको ३१ औं वार्षिकोत्सव तथा १५ औं साधारण सभा
छ नम्बर वडावासिद्वारा महानगरलाई पाँच बुँदे ज्ञापनपत्र
दोलखा पोखरा मिलन समाजको अध्यक्षमा खड्का
दक्ष जनशक्ति उत्पादनका लागि होटल संघ र हेल्भेटासको सहकार्य
नेपाल विद्युत प्राधिकरणको वार्षिकोत्सवमा रक्तदान