कास्की काँग्रेस सभापति केसीलाई कोरोना संक्रमण पुष्टि,शिघ्र स्वास्थ्यलाभको कामना

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ७, २०७८
krishana k c

पोखरा । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आफ्ना पिताको देहवासन भएर काजकीरियामा रहेकै अवस्थामा अस्वस्थ भएर सोमबार राति अस्पताल भर्ना हुनु भएका केसीमा मङ्गलबार कोरोना संक्रमण पुष्टि भएको हो ।

उपचारकै क्रममा परीक्षण गराउँदा केसीमा कोरोना पोजेटिभ देखिएको हो । सभापति केसीमा कोरोना पोजेटिभ देखिए पनि  परिवारका सबै सदस्यको रिपोर्ट नेगेटिभ आएको छ ।

सभापति केसीका छोरा सरोज केसीले दिएको जानकारी अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उनको पोखरास्थित चरक मेमोरियल अस्पतालको आइसोलेशनमा उपचार भइरहेको छ । यसैबीच, कास्की काँग्रेसले सभापति केसीको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले सभापति केसीसँग भेटघाटका  लागि भीड नगर्न आग्रह गर्नु भएको छ ।

सभापति केसीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रवक्ता सिग्देलले उहाँ छिट्टै कोरोना मुक्त हुने विश्वास व्यक्त गर्नु भएको छ ।

Related News

सम्बन्धित समाचार

  • नवनिर्वाचित राष्ट्रपतिद्वारा सथप ग्रहण

    राष्ट्र न्यूज सम्वाददाता फागुन २९, २०७९
    पोखरा, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले…
  • क्रियाशील पत्रकारका लागि आयोजित भाषा सम्पादन तालिम सकियो

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७९
    पोखरा,२८ फागुन । पोखराका क्रियाशील पत्रकारहरुका लागि आयोजित तीन दिने भाषा सम्पादन तालिम आइतबार सकिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा…
  • कवि तथा गीतकार केसीका दुई कृर्ति लोकार्पण

    राष्ट्र न्यूज सम्वाददाता फागुन २७, २०७९
    पोखरा, २६ फागुन । कवि तथा गीतकार देवेन्द्र केसी देवुका पछिल्ला दुई कृतिको पोखरामा लोकार्पण गरियो । वरिष्ठ संगीतकार शक्ति…
  • राष्ट्रपतिमा पौडेल

    राष्ट्र न्यूज सम्वाददाता फागुन २५, २०७९
    पोखरा, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । उहाँ गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति…
  • विभेद अन्त्यका लागि शिक्षा, रोजगार र प्रविधिको खाँचो

    राष्ट्र न्यूज सम्वाददाता फागुन २५, २०७९
    गण्डकी, २५ फागुन । समाजका सवै खाले विभेदको अन्त्य र संवैधानिक अधिकार सुनिश्चितताका लागि शिक्षा, रोजगार र प्रविधि आवश्यक रहेकोमा…