कालिकामा पूजा

रासस
वैशाख ७, २०७८
TNA-BalewaTemple (1)

मङ्गलबार चैते दशैंका दिन बागलुङ कालिका मन्दिरमा दर्शनका लागि भक्तजनको भीड । तस्वीरः तारानाथ आचार्य, रासस

बलेवा, ७ वैशाख (रासस) ।गण्डकी प्रदेशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

कोरोना महामारीबीच कालिकामा देशका विभिन्न स्थानबाट भक्तजन पुगेका हुन् । चैत्राष्टमीको अवसर पारेर कालिका दर्शन गर्न आउने भक्तजन बढेका हुन् ।

वार्षिक छ लाखभन्दा धेरै दर्शनार्थी आउने गरेको मन्दिरमा गत वर्ष कोरोना महामारीका कारण बन्द रहेकाले भक्तजनले दर्शन गर्न पाएका थिएनन् । यस वर्ष पनि चैत्राष्टमीको दुर्गापूजा शुरु भएसँगै भीडभाड बढेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताउनुभयो ।

भक्तजनलाई सामाजिक दूरी कायम गर्दै पूजाआजामा सहभागी गराइएको छ । नेपालका धेरै शक्तिपीठमध्ये बागलुङ कालिका गण्डकी प्रदेशको प्रमुख स्थानका रूपमा चिनिन्छ ।

धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको प्रसिद्ध शक्तिपीठ भएकाले बडादशैँ र चैतेदशैँमा हजारौँ भक्तजनको भीड लाग्छ । आजै १५ हजार भक्तजनले मन्दिरको दर्शन गरेका थिए ।

भक्तालुको आगमनलाई मध्यनजर गर्दै कालिका गुठीले मन्दिरको व्यवस्थापन गरेको छ । सामाजिक दूरी कायम गराउन स्वयंसेवक परिचालन गरिएको छ । पूजापाठ र बलिका लागि छरितो बनाइएको छ ।

भक्तजनका लागि पूजामा सहजीकरण, बलि व्यवस्थापन, यातायातको पार्किङ, सरसफाइ र खानपिनलाई सुरक्षित बनाउन विभिन्न तयारी भएका छन् ।

कोरोनाको जोखिमलाई कम गर्न ज्वरो नापेर मात्रै मन्दिर प्रवेश गराइएको छ । पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई पनि साथैमा ल्याएकाले कालीगण्डकी नदी किनारमा रहेको जङ्गलमा विधिपूर्वक स्थापना गरिएको पाइन्छ । त्यसपछि कालिकाको नियमित पूजा भइरहेको जनश्रुति छ ।

मन्दिरमा दर्शन गर्न आउनेले सन्तान प्राप्त हुने, शक्ति प्राप्त हुने र मनोकाङ्क्षा पूरा हुने विश्वास गर्छन् । अहिले बागलुङ, पर्वत, म्याग्दी, कास्की, चितवनसहित देशभरका विभिन्न स्थानबाट कालिकाप्रति धेरै विश्वास मान्ने दर्शन गर्न आउँछन् ।

भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आउने गरेको खड्काले बताउनुभयो । बडादशैँ र चैतेदशैँमा बागलुङ कालिकामा ठूलो मेला लाग्छ । यो वर्ष कोरोना महामारीलाई मध्यनजर गरेर मेला भने आयोजना गरिएको छैन ।

त्यतिबेला हजारौँ भक्तजनले पूजा गर्ने, पञ्चबलि दिने र नाचगान गर्ने चलन छ । कालिका मन्दिरको चारै दिशामा ढोका छन् । पूर्वको ढोका कहिल्यै पनि खोलिँदैन ।

Related News

सम्बन्धित समाचार

  • नवनिर्वाचित राष्ट्रपतिद्वारा सथप ग्रहण

    राष्ट्र न्यूज सम्वाददाता फागुन २९, २०७९
    पोखरा, २९ फागुन । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार पद तथा गोपनियताको सपथ लिनुभएको छ । कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले…
  • क्रियाशील पत्रकारका लागि आयोजित भाषा सम्पादन तालिम सकियो

    राष्ट्र न्यूज सम्वाददाता फागुन २८, २०७९
    पोखरा,२८ फागुन । पोखराका क्रियाशील पत्रकारहरुका लागि आयोजित तीन दिने भाषा सम्पादन तालिम आइतबार सकिएको छ । पोखरा महानगरपालिकाको सहयोगमा…
  • कवि तथा गीतकार केसीका दुई कृर्ति लोकार्पण

    राष्ट्र न्यूज सम्वाददाता फागुन २७, २०७९
    पोखरा, २६ फागुन । कवि तथा गीतकार देवेन्द्र केसी देवुका पछिल्ला दुई कृतिको पोखरामा लोकार्पण गरियो । वरिष्ठ संगीतकार शक्ति…
  • राष्ट्रपतिमा पौडेल

    राष्ट्र न्यूज सम्वाददाता फागुन २५, २०७९
    पोखरा, २५ फागुन । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । उहाँ गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपति…
  • विभेद अन्त्यका लागि शिक्षा, रोजगार र प्रविधिको खाँचो

    राष्ट्र न्यूज सम्वाददाता फागुन २५, २०७९
    गण्डकी, २५ फागुन । समाजका सवै खाले विभेदको अन्त्य र संवैधानिक अधिकार सुनिश्चितताका लागि शिक्षा, रोजगार र प्रविधि आवश्यक रहेकोमा…