पोखरा, ७ वैशाख । जेसीआई पोखरा लेडीले नयाँ वर्ष २०७८ सालको शुभकामना आदान प्रदान, भित्तेपात्रो विमोचनसँगै पत्रकार महासंघ कास्कीका नवनिर्वाचित अध्यक्ष विमला भण्डारीलाई सम्मान गरेको छ।
उनलाई दोसल्ला, टिका र सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले महिलालहरु विचलित नभई लक्ष्य प्राप्त गर्न अघि बढ्नुपर्ने बताउनुभयो ।
जेसीआई पोखरा लेडी वर्ष २०२१ का अध्यक्ष कमला शर्मा विनिताले विकाश र परिवर्तनका लागि योगदान गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस अवसरमा पोखरा जेसीज वर्ष २०२१ का अध्यक्ष किरण केसी, पोखरा लेडि जेसीजका पूर्व अध्यक्षहरु अध्यक्ष सुचित्रा थापा, सुनयना पालिखे, पोखरा लेडी जेसीजका कर्पोरेट पार्टनर एवम् लायन्स क्लव अफ पिस प्याराडाइज वर्ष २०२१÷२२ का अध्यक्ष तारानाथ ढुंगाना, भित्तेपात्रो प्रकाशन समिति संयोजक रिना पौडेल र महासचिव सुनिता कोइरालाले बोल्नु भएको थियो ।
Related News
सम्बन्धित समाचार
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
Archives
Archives