पोखरा, ७ वैशाख । सत्य निरुपण तथा मेलमिलाप आयोगले गण्डकी प्रदेशका ३४ जना वेपत्ता परिवारलाई परिचय पत्र वितरण गरेको छ ।
आयोगद्वारा पोखरामा आज आयोजित छलफलमा आयोगका अध्यक्ष गणेशदत्त भट्टले प्रदेशका ३४ जना वेपत्ता परिवारलाई परिचय पत्र वितरण गरेको जानकारी दिनुभयो ।
आयोगले आगामी असार मसान्तसम्म तीन हजार ७८७ मुद्दा किनारा लगाउने तयारी समेत गरेको छ । २०५२ साल फागुन १ गतेदेखि २०६३ मङ्सिरसम्मका कुल ६३ हजार ७१८ मुद्दा दर्ता भएको थियो ।
आयोगमा जिम्मेवारी पाएसँगै निरन्तर काम गरेकोे बताउँदै उहाँले विश्वव्यापी फैलिएको कोरोना महामारीले आयोगका काम कारवाहीमा असर पारेको बताउनुभयो ।
आयोगले ७४७ मुद्दामा निर्णय गरिसकेको बताउँदै अध्यक्ष भट्टले मुद्दाको सुनुवाइ हुने र पीडकले छुटकारा नपाउने उल्लेख गनुभयो ।
आयोगका सदस्य मन दाहालले आयोगमा प्राप्त उजुरीका आधारमा कानून प्रदत्त अधिकारका आधारमा त्यसको छानविन गर्दै किनारा लगाउनेतर्फ आयोग क्रियाशील रहेको जानकारी दिनुभयो ।
आयोगका सचिव तोयानाथ अधिकारीले प्राप्त उजुरीका आधारमा आवश्यक छानविन सहित निष्कर्षमा पुग्ने बताउनुभयो ।
कार्यक्रममा द्वन्द्व पीडितका तर्फबाट कृष्णप्रसाद पराजुली, अणनाथ बराल र सुमित्रा केसीले द्वन्द्वकालिन समयमा परिवारका सदस्य गुमाउनुपरेको पीडा तथा भोग्नुपरेका समस्यामा राज्यले सम्बोधन गर्न नसक्दा दुःख लागेको बताउँदै आँफूजस्ता पीडितलाई उचित न्याय दिलाउन आयोगको ध्यानाकर्षण गराउनुभयो ।
Related News
सम्बन्धित समाचार
पत्रकार त्रिभुवन पौडेल अक्षयकोषमा राईको १ लाख सहयोग
लायन्स शितलचौतारीको सहयोग
प्रहरीद्वारा पटका र आतसबाजीका सामग्री नियन्त्रण
पोखरामा प्लाष्टिकका फुुल गुच्छा र माला बिक्री वितरणमा रोक
संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस पोखरामा