वन क्याम्पसमा नेवि संघको रक्तदान

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ६, २०७८
Nebi sangh

पोखरा, ६ वैशाख । नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस इकाइ समितिले नेवि संघको ५२ औं स्थापना दिवसको अवसरमा सोमबार खुला रक्तदान कार्यक्रम गरेको छ ।

वन क्याम्पसको प्राङ्गणमा आयोजित कार्यक्रममा ५० जना शिक्षक तथा विद्यार्थीले रक्तदान गर्नु भएको थियो ।

कार्यक्रममा  नेपाली काँग्रेस कास्की क्षेत्र नं. २ (ख) कास्कीका सभापति दीपेन्द्र मर्सानीले विद्यार्थीहरुले अध्ययन अनुसन्धानका साथै अतिरिक्त क्रियाकलापमा पनि सक्रिय रहनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा क्याम्पस प्रमुख प्राध्यापक विनोदप्रसाद हेज्यू, प्रजातन्त्रवादी प्राध्यापक संघ पोखरा क्याम्पस इकाइका सभापति डा. ठाकुर सिलवाल, नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष जितेन्द्रमान शाक्य, नेविसंघ इकाइ सभापति ज्ञानेन्द्र रेग्मी, विष्णु आचार्य र पशुपति भट्टराईले बोल्नु भएको थियो ।

इकाइ सभापति ज्ञानेन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रम इकाइ सचिव अस्मित न्यौपानेले सञ्चालन गर्नु भएको थियो ।

Related News

सम्बन्धित समाचार