पोखरा, ६ वैशाख । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डीला संग्रौलाले कम्युनिष्टले संसदीय व्यवस्थाको खिल्ली उडाएको टिप्पणी गर्नु भएको छ ।
नेपाल प्रेस युनियन कास्कीले पोखरामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा. संग्रौलाले दुइतिहाइ नजिकको सरकार चलाउन नसकेर नेपालको राजनीतिलाई अस्थिरतामा धेकेलेको आरोप लगाउनुभयो ।
उहाँले देशलाई निकास दिने काँग्रेसको दायित्व भएको हुँदा ओली सरकार विस्थापित गरेर छिट्टै काँग्रेसले सरकारको नेतृत्व लिन उल्लेख गर्नुभयो ।
प्रदेशहरुमा देखिएको कम्युनिष्टको दोधारे चरित्रले संसदीय पद्दति प्रणालीमाथि नै प्रश्नचिन्ह उठेको अवस्थामा व्यवस्था बलियो बनाउन काँग्रेसको नेतृत्व आवश्यकता रहेको उहाँको भनाइ थियो ।
पार्टीको महाधिवेशनको क्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमणमा रहनु भएकी नेतृ संग्रौलाले महाधिवेशन तोकिएकै मितिमा हुने दाबी गर्नुभयो ।
युनियन जिल्ला अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले स्वागत र सचिव प्रदीप पौडेलले संचालन गर्नु भएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश सभा सदस्य बराललाई पितृशोक
कवि तथा गीतकार केसीका दुई कृर्ति लोकार्पण
राष्ट्रपतिमा पौडेल
विभेद अन्त्यका लागि शिक्षा, रोजगार र प्रविधिको खाँचो
महिला दिवसमा पोखरा महागनरले विविध कार्यक्रम गर्ने