पोखरा, ६ वैशाख । कोरोनाको त्रास जारी नै छ । फेरि लकडाउन हुने हो कि भनेर सारा नेपालीलाई पिरोलिरहेको छ । कोरोनाको सबैभन्दा ठूलो असर नेपालको पर्यटन क्षेत्रमा पर्न गयो । पोखरापनि त्यसको असरबाट अछुतो रहेन । यहाँका पर्यटन व्यवसायीहरुलाई पनि यसको नकारात्क असरले ठूलो प्रभाव पा¥यो । यसको असरबाट व्यवसायीहरुलाई ताजगी दिलाउनका लागि पोखरा ध्यान योग कार्यक्रम सम्पन्न भएको छ ।
पोखरा पर्यटन परिषद्को आयोजना तथा योगशालाको आयोजनामा कोभिडका कारण पर्यटन व्यवसायीमा पर्न गएको तनाव व्यवस्थापनका लागि उक्त योग शिविर आयोजना गरिएको हो ।
बेगनास शिवायल योग रिसोर्टमा शनिवार आयोजित उक्त योग शिविरमा सहभागीहरुले तनावबाट मुक्त ध्यान, योग निन्द्रा, हठ योग, ध्यान तथा उत्सव गरे । योग प्रशिक्षक स्वामी ध्यान सागर ( सुनिल श्रेष्ठ)ले कार्यक्रममा सहजिकरण गर्नु भएको थियो ।
तीन घण्टाको सो कार्यक्रममा पोखरा पर्यटन परिषद्मा अवद्ध विभिन्न पर्यटन सम्बद्ध संघसंस्थाहरुका ३० जनाले भाग लिनु भएको थियो । सामाजिक दुरी कायम गर्दैै गरिएको सो शिविरमा सहभागिहरु यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिन सकिए विभिन्न प्रकारका तनावबाट मुक्त हुन सकिने प्रतिक्रिया दिनुभयो ।
‘कोरोनाका कारण पर्यटन व्यवसायीहरुमा ठूलो असर पर्न गएको छ, यसबाट केहि भएपनि सहजता प्राप्तीका लागि यो कार्यक्रमको आयोजना गरिएको हो, यसलाई व्यवसायीहरुले सकारात्मक लिएका छन । आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन्’–पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले भन्नुभयो ।
पर्यटन यातायात व्यवसायी संघका अध्यक्ष बबरजंग गुरुङ्गले कार्यक्रको संयोजन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
संगीतमय बन्यो आलु महोत्सव
संगीतमय बन्यो आलु महोत्सव
हेमजामा आलु महोत्सव सुरु
अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम
गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च