गण्डकी प्रदेशमा राष्ट्रिय जनगणनाको तयारी तीव्र

सत्यतथ्य विवरण उपलब्ध गराउन आग्रह

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ५, २०७८
janagadana

पोखरा, ५ वैशाख । प्रत्येक १० वर्षमा सञ्चालन गरिने राष्ट्रिय जनगणना यस वर्ष गरिदै छ ।

जनगणना सबै घर, बसोबास गरेका परिवार र व्यक्तिको विवरण संकलन गरी प्रशोधन एवं प्रकाशन गर्ने वृहत राष्ट्रिय कार्यक्रम हो ।

नेपालमा जनगणना वि.सं १९६८ देखि शुरू भएको हो । यस वर्ष सञ्चालन हुने जनगणना नेपालको १२ औं तथा देशको संघीय संरचना पछिको पहिलो हो ।

राष्ट्रिय जनगणना २०७८ मा गणना कार्र्य दुई चरणमा सञ्चालन गरिनेछ । जनगणनाको तयारीका लागि गणनामा खटिने जनशक्तिको क्षमता तथा सीप विकासका लागि विभिन्न चरणमा तालिम सञ्चालन भइरहेका छन् ।

अहिलेसम्म प्रदेश÷जिल्ला जनगणना अधिकारी, गणकलाई प्रशिक्षण गर्ने मुख्य प्रशिक्षक र स्थानीय जनगणना अधिकारीको तालिम सम्पन्न भएको छ । त्यसपछि सुपरिवेक्षकको तालिम वैैशाख १६–२२ गतेसम्म सञ्चालन हुनेछ ।

जनगणनामा पहिलो चरणमा वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म सुपरिवेक्षकले प्रत्येक घर तथा घरपरिवारमा पुगेर घर तथा घरपरिवार सूचीकरण फाराम भर्ने छन् ।

दोस्रो चरणमा जेठ २५ गतेदेखि असार ८ गतेसम्म गणकहरुले प्रत्येक घरपरिवारमा पुगेर मुख्य प्रश्नावलीमार्फत् विभिन्न विवरणहरु संकलन गर्ने छन् । गणकका लागि जेठ १७ देखि २२ गतेसम्म तालिम सञ्चालन हुनेछ ।

गण्डकी प्रदेशको पोखरामा गण्डकी प्रदेश जनगणना कार्यालय स्थापना गरी आवश्यक तयारी तीव्र पारिएको निर्देशक जगु बस्याल जानकारी दिनुभयो । कास्कीमा बगर, लेखनाथ, अन्नपूर्ण र मादीमा स्थानीय जनगणना कार्यालय स्थापना गरिएको छ ।

कास्की जिल्लामा पहिलो चरणमा एक सय ८० जना भन्दा बढी सुपरिवेक्षक र दोस्रो चरणमा ७ सय ७० भन्दा बढी गणक परिचालन गरिनेछ । कास्कीमा करीब एक लाख ७० हजार घरपरिवारमा जनगणना गरिने अनुमान गरिएको छ ।

निर्देशक बस्यालले घरघरमा आउने सुपरिवेक्षक तथा गणकलाई सत्यतथ्य विवतरण उपलब्ध गराउन अनुरोध गर्नुभएको छ ।

विभिन्न जाति, भाषा, धर्म, क्षेत्र, वर्ग, लिङ्ग तथा उमेर समूह अनुसार समग्रमा हामी कति छौं ? कहाँ छौ ? र कुन अवस्थामा छौ ? भन्ने थाहा पाउनु नै जनगणनाको प्रमुख उद्देश्य हो ।

जनगणनाको विवरणका आधारमा नै राज्यले आम नागरिकहरुको हितका लागि अब के गर्नुपर्छ ? कहिले गर्नुपर्छ ? र कसरी गर्नुपर्छ ? भन्ने जस्ता नीति, योजना तथा कार्यक्रमहरु तय गर्दछ ।

Related News

सम्बन्धित समाचार

  • राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता

    राष्ट्र न्यूज सम्वाददाता वैशाख ११, २०८१
    काठमाडौँ ,११ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन…
  • महोत्सवमा आलु किन्नेको भिड

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २८, २०८०
    पोखरा, २८ चैत । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा आलु किन्नेहरुको संख्यामा हवात्तै बृद्धि भएको छ । बुधवारसम्म करिव…
  • घान्द्रुक पर्यटन महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २७, २०८०
    पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि…
  • वण्डरल्याण्ड र सान्दीपन प्रि–स्कूलमा दिक्षान्त समारोह

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २६, २०८०
    पोखरा, २६ चैत । पोखरा महानगरपालिका वडा नं ६ जरेवरस्थित वण्डरल्याण्ड डेकेयर तथा प्रि–स्कूल र पोखरा – १३ सिग्देलमार्ग स्थित…
  • आलु महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता चैत्र २५, २०८०
    पोखरा, २५ चैत । १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव आइतवारदेखि सुरु भएको छ। ‘सुन्दर ठाउँ हेमजा जाउँः आलुका…

Archives

Archives