स्वास्थ्यकर्मी संघ पोखरा महानगर समिति गठन

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ४, २०७८
heathkarmi

पोखरा, ४ वैशाख । पोखरामा शनिवार भएको स्वास्थ्यकर्मीको भेलाले नेपाल स्वास्थ्यकर्मी संघ पोखरा महानगरपालिका कार्यसमिति गठन गरेको छ ।

भेलाले महेन्द्र गुरुङको अध्यक्षतामा उपाध्यक्ष अन्नपूर्ण घिमिरे, सचिव हरिलाल आचार्य, सहसचिव रक्षा पोख्रेल रहेको समिति गठन गरेको हो ।

समितिको सदस्यमा पूर्णकली थापा, रामचन्द्र तिमिल्सिना, विष्णु श्रेष्ठ, मानकुमार तिलिजा, मधुमाया भण्डारी, रिता बास्तोला र शशी कोइराला छन् ।समितिको सल्लाहकारमा तेजाखर लम्साल, दिपेन्द्रकुमार रेग्मी र राजेन्द्र पौडेल छन् ।

त्यस्तै, नेपाल स्वास्थ्यकर्मी संघ कास्कीको पनि केही पदमा मनोनयन गरिएको छ । उपाध्यक्षमा दिपेन्द्र सुनार, सचिवमा दीपक शर्मा, सदस्यमा पशुपति महतो र रिता भण्डारीलाई मनोनयन गरिएको छ ।

यसअघि भेला उद्घाटन गर्दै नेपाल ट्रेड युनियन काँग्रेसका सल्लाहकार रामजी कुँवरले संगठित कर्मचारीको तागतलाई कुनै शक्तिले हराउन नसक्ने भन्दै एकतामा जोड दिए ।

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका उपमहासचिव राजेश पालिखे, गण्डकी अध्यक्ष मुरारी शर्मा, नेतृ सरस्वती गुरुङ, पोखरा ९ का वडा अध्यक्ष रामराज लामिछाने, कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य शंकर खत्री, गण्डकी अध्यक्ष नारायण बरालले बोलेका थिए ।

नेपाल स्वास्थ्यकर्मी संघ कास्कीका अध्यक्ष उदयकान्त तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व केन्द्रीय सदस्य तेजाखर लम्सालले स्वागत र सचिव सन्तोष पौडेलले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives