पोखरा, ४ वैशाख । नयाँ वर्ष – २०७८ को अवसरमा नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा – १३ ले शनिवार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुक सहभागी थिए । कार्यक्रममा नेपाली काँग्रेसका नेता यज्ञबहादुर थापाले जनता भावनासँगै जोडिदै अघि बढ्नुपर्नेमा जोड दिए ।
त्यस अवसरमा कास्की काँग्रेसका सचिव सुदीपमोहन भट्टराई, क्षेत्र नं १ का सभापति बृजमान गुरुङ, प्रदेश सभापति कृष्ण कोइराला, महासमिति सदस्य गुरु बराल, महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल, वीरेन्द्र नारायण बिजुक्छे, नेपाल महिला संघ कास्कीकी सभापति कोपिला रानाभाट, नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गङ्गाधर पराजुली, कास्की काँग्रेसका प्रवक्ता नवीन सिग्देल, आमन्त्रित जिल्ला सदस्य शिरोमणि बराल, नेपाल तरुण दल कास्कीका उपसभापति दीपक गुरुङ, नेपाली काँग्रेस मादी गाउँपालिका सभापति देवीजङ्ग गुरुङ, वडा अध्यक्ष यम गुरुङ, महिला नेतृ तारा बराल, युवा नेता किरण बरालले बोलेका थिए ।
नेपाली काँग्रेस वडा कार्यसमिति पोखरा १३ का सभापति विष्णु बरालको अध्यक्षतामा भएको कार्यक्रम रवी बरालले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
उत्कृष्ट महिला उद्यमीबाट सौन्दर्यकर्मी गुरुङ्ग सम्मानित
निष्टाको गण्डकी अध्यक्षमा दवाडी
नेपाल प्रेस युनियन कास्कीको पदस्थापन
पत्रकार महासंघ कास्कीमा एआईको प्रयोग विषयक कार्यशाला
अन्नपूर्ण गाउँपालिकाको एक वर्ष