कास्की काँग्रेसका सभापति केसीलाई पितृशोक, प्रजातन्त्र सेनानीको एक सय वर्षमा निधन

राष्ट्र न्यूज सम्वाददाता
वैशाख ३, २०७८
Harka bahadur kc

पोखरा, ३ वैशाख । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीलाई पितृशोक परेको छ ।

उहाँका पिता हर्क बहादुर केसीको एक सय वर्षको उमेरमा निधन भएको हो ।

मादी गाउँपालिका वडा नं ५, देउमाणिस्थित निवासमा शुक्रबार करीब ९ बजे निधन भएको हो ।

उहाँको पार्थिव शरीर शुक्रबार पोखरा रामघाटस्थित सेती नदी किनारमा अत्येष्टि गरिएको नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो।

स्व. केसीका पाँच छोरामध्य कृष्ण जेठा छोरा हुनुहुन्छ । बाबुराम केसी माहिला, पान बहादुर केसी साहिला, वीरेन्द्र केसी काईला र देवेन्द्र केसी कान्छो छोरा हुनुहुन्छ । उहाँका चार छोरी छन् ।

स्वर्गीय केसी पोखरा २८ देउमणिस्थित उषा किरण प्रावि र मादी ५ चितेपानी हिमालय प्राविका संस्थापक सदस्य हुनुहुन्थ्यो ।

शव यात्रामा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, सुभेच्छुक र आफन्तको उल्लेख सहभागिता रहेको थियो ।

उहाँको पार्थिक शरीरमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला सङ्रग्रौला, नेता शुक्रराज शर्मा, यज्ञ बहादुर थापा, क्षेत्रीय सभापतिहरु बृजमान गुरुङ, माधव बास्तोला, पोषनाथ शर्मा, नेपाली काँग्रेस पोखरा २८ का इकाइ सभापति विकास लामाले पार्टीको चार तारे झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको थियोे ।

यसैबीच, नेपाली काँग्रेस कास्कीले शुक्रबार नै शोक विज्ञप्ति प्रकाशित गरी केसीको निधनले पार्टीमा अपुरणीय क्षति पुगेको जनाएको छ ।

प्रजातन्त्र सेनानी, पार्टीका क्रियाशील सदस्य केसीको निधनले पार्टी स्तब्ध बनेको उल्लेख गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

Related News

सम्बन्धित समाचार

  • महिला पुरुष सचेतना कार्यक्रम

    राष्ट्र न्यूज सम्वाददाता माघ १७, २०७९
    पोखरा, १७ माघ । लैगिंक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धता महिला पुरुष सचेतना कार्यक्रम पोखरा महानगर वडा नम्वर ७ मा सम्पन्न…
  • संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा अक्षय कोष स्थापना गरिने

    राष्ट्र न्यूज सम्वाददाता माघ ९, २०७९
    पोखरा, ९ माघ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले संस्थापक अध्यक्ष स्वर्गीय त्रिभुवन पौडेलको स्मृतिमा अक्षयकोष स्थापना गर्ने भएको…
  • विविध कार्यक्रम गरी राष्ट्रिय वाणिज्य बैंक ४८ औं वार्षिकोत्सव मनाउँदै

    राष्ट्र न्यूज सम्वाददाता माघ ४, २०७९
    पोखरा, ४ माघ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५८ औं वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम गरिएको छ । विविध कार्यक्रम अन्तर्गत…
  • शव कुर्दै आफन्त

    राष्ट्र न्यूज सम्वाददाता माघ २, २०७९
    पोखरा, २ माघ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान(पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) परिसर विगत दुई दिन देखि शोकमा डुबेको छ। पोखरामा आइतबार…
  • आँखा शिविरबाट दुई सय २० जना लाभान्वित

    राष्ट्र न्यूज सम्वाददाता पौष २७, २०७९
    पोखरा,२७ पुस । लायन्स क्लब अफ पोखरा लेकसिटी तथा दृष्टिविहीन कल्याण संघ कास्कीको संयुक्त आयोजनामा पर्वत जिल्ला कुश्मा नगरपालिकाको शिवालय…